स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
८ माघ, चौतारा ।
जिल्ला प्रशासन कार्यालय , सिन्धुपाल्चोकले भोलि माघ ९ गतेबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि आवेदन संकलन गर्ने भएको छ । हिजो गरिएको परिक्षण सफल भएपछि भोलिबाट दैनिक २५ जनाको आवेदन संकलन गरिने भएको हो ।
कोभिड-१९ समेतका कारण तत्कालको लागि दैनिक करिव २५ वटा आवेदन लिइने र क्रमशः सँख्या वढ्दै जाने कार्यालयले जनाएको छ ।
कसरी दिने आवेदन?
ई-पासपोर्टको आवेदन अनलाईन गर्नु पर्छ । जसको लागि https://nepalpassport.gov.np/ मा गई Apply for ePassport मा क्लिक गरी पढेर आफुलाई उपयुक्त हुने किसिमको राहदानी आवेदन गर्नु पर्छ । १६ बर्ष माथिका निवेदकलाई राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुन्छ ।
राष्ट्रिय परिचय पत्रको लागि सिन्धुपाल्चोकका विभिन्न पालिकाहरुमा विवरण संकलन गरीसकीएको छ भने केहिमा संकलन हुँदैछ । नामावली संकलन भइरहेका पालिका बाहेकका नागरिकले भने जिल्ला प्रशासन कार्यालयमै आएर विवरण संकलन गराउन सक्नेछन् ।
आवेदन गरिसकेपछि प्रणालीले नै कार्यालयमा सम्पर्क राख्ने समय बुक गरी जानकारी देखाउँछ । उक्त बुकिङ् प्रमाण (Printed or digital) आफुसँग राखी बुक गरेको समयमा कार्यलमा संपर्क राख्नु पर्छ । कार्यालयले उक्त आवेदन रुजु गरी सच्याउनु पर्ने भए सच्याउँन लगाउँछ र बैंकमा गएर राजश्व तिरेको भौचर लिएर आउन आग्रह गर्नेछ । भौचर प्राप्त भएपछि निवेदकको फोटो खिचिन्छ ।
राहदानी बनेपछि सोको जानकारी तपाईँको मोवाइलमा आउनेछ । त्यसपछि भौचर र नागरिकता सहित कार्यलयमा आएर राहदानी बुझ्न सकिन्छ ।
ई-राहदानी दस्तुर सामान्यतः साविकको MRP सरह पाँच हजार रूपैयाँ लाग्नेछ । यस सम्बन्धि थप जानकारी https://nepalpassport.gov.np/ बाट समेत पाउन सकिनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।