स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२१ माघ, चौतारा ।
समाजसेवी रमिला शर्मा पौडेलले आफ्नो जन्मदिन चौताराको वृद्धाश्रममा केक काटेर खुसी साटेकी छिन् । नेपाली काँग्रेस मेलम्ची नगर सदस्य समेत रहेकी पौडेलले आश्रममा खाद्यान्न समेत सहयोग गरेकी हुन् ।
पौडेलले आश्रममा रहेका ६ महिला र ५ पुरुषका लागि न्यानो टोपी सहित बीस हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेकी हुन् । आफ्नि आमा वदनकुमारी शर्मा पौडेलको सम्झनामा आफुले आश्रममा सहयोग गरेर जन्मदिन मनाउन पाउदा निकै हर्षीत भएको पौडेलले बताइन् । पौडेलले दश हजार रुपैयाँ तिरेर आश्रमको आजीवन सदस्यता समेत लिएकी छिन् ।
समाजसेवी पौडेलले गरेको यो सहयोगले आफुहरुलाइ धेरै उपयोगी भएको र उनलाई निरन्तर समाजसेवामा लाग्ने प्रेरणा मिलोस भन्ने अपेक्षा रहेको चौतारा वृद्धाश्रम सेवा समितिका अध्यक्ष माया निरासीले बताइन् । पौडेल लायन्स क्लबमा समेत आवद्ध छिन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८