स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ फागुन, मेलम्ची ।
राष्ट्रिय समाचार समिति (रासस)का सम्बाददातामध्ये सिन्धुपाल्चोकका पत्रकार देवराज सुवेदी बागमती प्रदेशकै उत्कृष्ट घोषीत भएका छन् । यससँगै उनलाई राससले पुरस्कार सहित सम्मान गर्ने भएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) ले ६१औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेसंगै सुवेदी सम्मानित हुने हुने भएकाछन्। रासस सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँहरुलाई ती पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश बाट सुवेदी सङै पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट दिलकुमार लिम्बू, (फुङलिङ, ताप्लेजुङ), मधेश प्रदेशबाट अजयकुमार साह, (धनुषा), गण्डकी प्रदेशबाट तारानाथ आचार्य (बलेवा, बागलुङ), लुम्बिनी प्रदेशबाट सुशीला रेग्मी, (रामपुर, पाल्पा), कर्णाली प्रदेशबाट मिमबहादुर रावल (कालीकोट) र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्ट (बैतडी) रहेका छन् ।
यसैगरी ‘भ्रूणहत्या रोक्न कस्सिए छोरीका आमाहरू’ शीर्षकमा रञ्जीता अधिकारी (देउखुरी, दाङ) लाई आलेख समाचारमा पुरस्कृत गरिएको छ । त्यस्तै सक्रिय रुपमा फोटोग्राफीमा खटिएवापत रासस केन्द्रीय कार्यालयका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ र भीषण वर्षा, बाढी÷पहिरो, हिमपातका अवस्थामा पनि जोखिम मोलेर निरन्तररूपमा मनाङ जिल्लाबाट उत्कृष्ट तस्वीर सम्प्रेषण गरेवापत नवीन लामिछानेलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही रु.१५ हजार तथा प्रशंसापत्र रहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।