स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
११ चैत, चौतारा ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले समाजमा सुशासन कायम गर्नको लागि डिजिटल ज्ञानको आवश्यक हुने बताएका छन् । आज शुक्रबार चौतारामा आयोजित डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री भएपछि पहिलोपटक औपचारिक कार्यक्रममा सिन्धुपाल्चोक आइपुगेका मन्त्री खड्काले शासन बद्लीए पनि सुशासनको अवस्था कमजोर भइरहेमा व्यक्तिको सामाजिक जीवनमा कुनै सुधारात्मक परिवर्तन हुन नसक्ने बताए । नेपाल बैंक लिमिटेड र श्री कृष्ण रत्न गङ्गा माध्यामिक विद्यालयको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ आयाेजना गरेको कार्यक्रममा मन्त्री खड्काले विद्यार्थीको दिमागमा आर्थिक सुशासनको ज्ञान भएमा मात्र समाज सुशासन उन्मुख हुने धारणा राखेका हुन् ।
लामो समय कर्मचारी वा जनप्रतिनिधि भएर बसेका व्यक्तिहरूले आफ्नो कार्यकालभरि सुशासन कायम गर्न नभ्याउने तर पदबाट विमुख भएपछि भने उनीहरु नै सुशासनको सबैभन्दा ठूला वकालतकर्ता बन्ने गरेकोप्रति मन्त्री खड्काले व्यङ्ग्य गरे । मन्त्री खड्काले जिल्लामा रहेका विभागीय कार्यालयहरूको अनुगमन समेत गरेका थिए । डिभिजन वन कार्यालय र भु तथा जलाधार व्यवस्थापक कार्यालयको अनुगमन गर्दै मन्त्री खड्काले पर्यावरणको संरक्षण गर्दै विपद् व्यवस्थापनको लागि दीर्घकालीन योजना बनाउन कार्यालयहरूलाई निर्देशन समेत दिए ।
नेपाल बैंक लिमीटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्दै आएको र विद्यार्थीहरूलाई पनि सोही कार्यक्रम अन्तर्गत डिजिटल बैंकिङ ज्ञान दिइएको बैंकका चौतारा शाखा प्रमुख समिक दाहालले बताए । कार्यक्रममा विद्यार्थीहरूलाई बैंकिङ ज्ञान दिनुका साथै उनीहरूको निशुल्क बैंक खाता समेत खोलिएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।