स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२० चैत, चौतारा ।
वल्लो गाउँबाट पल्लो गाउँमा जानै वर्षौँदेखि सास्ती खेपीरहेका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका स्थानीयवासीहरूले सिपाखोलामा पुल बनेपछि सहज महसुस गरेका छन् ।
बागमती प्रदेश सरकारको २ करोड ६० लाख रुपैयाँको लागतमा इन्द्रावती गाउँपालिकाको वडा नंं. ३ र ८ जोड्नेगरी सिपाखोलामा पुल निर्माण भएको हो । पुल निर्माण भएपछि इन्द्रावती ८ का स्थानीयलाई गाउँपालिकाको केन्द्र नवलपुर सम्म जान सहज हुने छ भने उनीहरूलाई जिल्ला सदरमुकाम चौतारा आउने बाटो समेत छोटो हुनेछ । इन्द्रावती ३ का स्थानीयलाई भने नजिकको बजार सिपाघाट र राजधानी काठमाण्डौ जान सो पुलका कारण नजिक पर्नेछ ।
सो पुलको बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले आज एक कार्यक्रमकाबीचमा उद्घाटन गरेका हुन् । इन्द्रावती गाउँपालिका वडा नं. ८ को आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ समेत सहभागी भएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८