स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२ वैशाख, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपेन्द्र थापाले सरकारी सुविधा फिर्ता गरेका छन् ।
वडाध्यक्ष थापाले शुक्रबार आफूले प्रयोग गर्दै आएको बजाज कम्पनीको २२० सिसि क्षमताको बा २ च ८४०६ नम्बरको पल्सर मोटरसाइकल र एक थान ल्यापटप नगरपालिकाको जिन्सी शाखाका बुझाएको सो शाखाका प्रमुख स्वरुपसिं तामाङले बताए ।
थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगरमा निर्वाचित भएका एकमात्र वडाध्यक्ष हुन् । आसन्न निर्वाचनमा थापा सो पार्टीबाट नगर प्रमुख पदमा उम्मेद्वार बन्ने तयारीमा छन् । आफू उम्मेद्वार बन्ने भएपछि जनताको करको दुरुपयोग गर्दै सरकारी सुविधा प्रयोग नगर्ने थापाले बताए । थापाले पार्टीको काममा जाँदा सरकारी मोटरसाइकलको प्रयोग समेत गरेका थिएनन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८