स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सिन्धुपाल्चोकमा छिटपुट लफडाबाहेक शान्त र उत्साहपूर्वक प्रतिस्पर्धी राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन्। उम्मेदवारी दर्ता बिवरणअनुसार यहाँका १२ स्थानीय तहमा धेरै स्थानमा त्रीपक्षीय र कही द्धिपक्षीय त कतै चार पक्षीय प्रतिस्पर्धा हुने भएको छ।
खासगरी सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र–एकीकृत समाजवादी तथा बिपक्षी एमाले र राप्रपाबीच नै भिडन्त हुने देखिएको छ। केन्द्रको निर्देशनअनुसार यहाँ सत्तारुढ पाँच दलीय गठबन्धन सम्भव भएन। यद्यपी दुई स्थानमा सत्तारुढ कांग्रेस, माओवादी र समाजवादी केन्द्रको गठबन्धन भएको छ। दुई तहमा माओवादी–समाजवादीको तालमेल भएको छ।
यो पटक जिल्लाका सबै तहमा बिपक्षी एमाले एक्लै चुनाव लड्दै छ। त्यसपछि धेरै तहमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने दल कांग्रेस हो। माओवादी–समाजवादीको गठबन्धन सबै तहमा भएको छ। यद्यपी समाजवादी सांगठानिक आधारमा कमजोर रहेकाले सीमित स्थानीय तह र वडामा उम्मेदवारी प्रस्तुत गरेको उसले सबै तहमा माओवादीलाई सघाउने छ।
कतै बागी र बिद्रोही उम्मेदवारी पनि परेको छ। बिद्रोही उम्मेदवारीले कांग्रेस र माओवादीलाई असर पु¥याउने जोखिम छ। जिल्लामा प्रमुख राजनीतिक शक्तिका प्रमुख र उपप्रमुखको उम्मेदवारी यसप्रकार छ।
१,भोटेकोसी गाउँपालिका
कांग्रेस: पाशाङनोर्बु लामा, अध्यक्ष-दिछन लामा
एमाले: अमृत खड्का, अध्यक्ष-सुन्तलीमाया श्रेष्ठ, उपाध्यक्ष
माओवादी केन्द्र: राजकुमार पौडेल, अध्यक्ष-आशा गुरुङ, उपाध्यक्ष
२, बाह्रविसे नगरपालिका
कांग्रेस: बालकृष्ण बस्नेत, अध्यक्ष-मञ्जु तामाङ, उपाध्यक्ष
एमाले: निमफुन्जो शेर्पा, प्रमुख-सुशीला पाख्रिन, उपप्रमुख
माओवादी केन्द्र: बुद्धराज बस्नेत, प्रमुख-पातली थामी, उपप्रमुख
३, त्रिपुरासुन्दरी गाउँपालिका
कांग्रेस: भक्तध्वज बोहरा, अध्यक्ष-गीता नेपाल, उपाध्यक्ष
एमाले: मेघनाथ पौडेल, अध्यक्ष-सबिता श्रेष्ठ, उपाध्यक्ष
माओवादी केन्द्र: बिर्खबहादुर श्रेष्ठ,अध्यक्ष-मिना लामा, उपाध्यक्ष
४, लिसंखुपाखर गाउँपालिका
कांग्रेस: जेठा तामाङ, अध्यक्ष-बबिता योञ्जन, उपाध्यक्ष
एमाले: सूर्यबहादुर लामा, अध्यक्ष-मिठू लामा, उपाध्यक्ष
माओवादी केन्द्र: राजु लामा, अध्यक्ष-राममाया तामाङ, उपाध्यक्ष
५, सुनकोसी गाउँपालिका
कांग्रेस: श्रवणकुमार जिसी, अध्यक्ष-कान्छीमाया तामाङ, उपाध्यक्ष
एमाले: टपिन्द्र तिमिल्सिना, अध्यक्ष-मञ्जु भण्डारी, उपाध्यक्ष
माओवादी केन्द्र: अर्चना खड्का, अध्यक्ष-दुर्गा थापा, उपाध्यक्ष
६, बलेफी गाउँपालिका
कांग्रेस: सुवास तिमिल्सिना, अध्यक्ष-सरु लामा, उपाध्यक्ष
एमाले: नारायाणकाजी श्रेष्ठ, अध्यक्ष-सपना थापा, उपाध्यक्ष
माओवादी केन्द्र: गंगाबहादुर तामाङ,अध्यक्ष-बिबी थापा, उपाध्यक्ष
७, चौतारा नगरपालिका
कांग्रेस: केशवराज गिरी, प्रमुख-तुलसीमाया श्रेष्ठ, उपप्रमुख
एमाले: इन्द्रबहादुर नेपाल, प्रमुख-बालकुमारी सापकोटा, उपप्रमुख
माओवादी–समाजवादी: कृष्णप्रसाद सापकोटा, प्रमुख (माके)-सीता थापा उपप्रमुख (एस)
स्वतन्त्र: अमानसिं तामाङ, प्रमुख (माओवादी बिद्रोही)
८, जुगल गाउँपालिका
कांग्रेस–माओवादी–समाजवादी: रेशम स्याङ्बो, अध्यक्ष (माके)-हिमाल श्रेष्ठ, उपाध्यक्ष (नेका)
एमाले: जयबहादुर लामा, अध्यक्ष-सुनिता थापा तामाङ, उपाध्यक्ष
९, इन्द्रावती गाउँपालिका
कांग्रेस: विकास लामा, अध्यक्ष-दयालक्ष्मी मिश्र, उपाध्यक्ष
एमाले: झम्क नेपाल, अध्यक्ष-शोभाना तामाङ, उपाध्यक्ष
माओवादी केन्द्र: ठूलोबाबु श्रेष्ठ, अध्यक्ष-सुमित्रा बस्नेत, उपाध्यक्ष
१०, मेलम्ची नगरपालिका
कांग्रेस: आइतमान तामाङ, प्रमुख-सविता गुरुङ, उपप्रमुख
एमाले: बालकृष्ण देउजा, प्रमुख-उमादेवी प्रधान, उपप्रमुख
समाजवादी–माओवादी केन्द्र: नानीराम चौलागाईँ, प्रमुख (एस)-देवेन्द्र घोरासैनी, उपप्रमुख (माके)
राप्रपा: शेषबहादुर तामाङ, प्रमुख-कुमारी तामाङ, उपप्रमुख
११, हेलम्बु गाउँपालिका
कांग्रेस: निमाग्याल्जेन शेर्पा, अध्यक्ष-अप्सरा लामिछाने, उपाध्यक्ष
एमाले: दावा लामा, अध्यक्ष-गंगा अर्याल खड्का, उपाध्यक्ष
माओवादी–समाजवादी: अध्यक्ष, पेमा ह्योल्मो (माके)-सुदन पाख्रिन, उपाध्यक्ष (एस)
स्वतन्त्र: जिमी लामा, अध्यक्ष (बिद्रोही कांग्रेस)
१२, पाँचपोखरी थाङ्पाल गाउँपालिका
कांग्रेस–माओवादी–समाजवादी: दोर्जे स्याङ्बो, अध्यक्ष (माके)-गंगा चापागाईं, उपाध्यक्ष (नेका)
एमाले: टासी लामा, अध्यक्ष-सुनिता अधिकारी, उपाध्यक्ष
राप्रपा: उदय सापकोटा, अध्यक्ष-कमला चापागाईँ, उपाध्यक्ष
नागरीकबाट
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।