स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आसन्न स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा २ हजार २५ जना उम्मेदवारले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् ।
बैशाख ११ र १२ गते मनोनयनको समय तोकिएकोमा हिजो राती ढिलासम्म मनोनयन दर्ता भएको थियो । सबै उम्मेदवारको तथ्याङ्क अनलाइनमा प्रविष्ट भइ नसकेको हुनाले यो संख्या बदलिन पनि सक्नेछ । १३ गते दिउसो १२ः३० सम्म अनलाइन प्रणालीमा प्रविष्ट भएको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकको ३ वटा नगरपालिकामा २५ जनाले प्रमुख पदको लागि र १८ जनाले उपप्रमुख पदमा उम्मेद्वारी दिएका छन् ।
९ वटा गाउँपालिकामा भने कुल ७१ जनाले अध्यक्ष र ५१ जनाले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् । जिल्लाका सबै १ सय ३ वटै वडामा गरी कुद ४ सय ८४ जनाले वडाध्यक्ष पदमा, ३ सय ४३ जनाले महिला सदस्य पदमा, ३ सय ५ जनाले दलित महिला सदस्य पदमा र ७ सय २८ जनाले खुला सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८