स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको १२ स्थानिय तहमध्ये १० ठाउँमा मतगणना जारि हुँदा २ वटा पालिकामा भने अझै मतगणना शुरु हुन सकेको छैन ।
शुक्रबारको मतदानपछि पटपेटिका संकलन गर्न नै समय लागेपछि शनिबारबाट मात्र गणना थालिएको हो। भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, लिसंखुपाखर, बलेफी, जुगल, इन्द्रावती र हेलम्बु गाउँपालिका तथा चौतारा साँगाचोकगढी र बाह्रविसे नगरपालिकामा मतगणना भइरहेको छ। तर विवादका कारण मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा भने अझै मतगणना सुरु हुन सकेको छैन।
ती पालिकाहरुमा दलीय अडानले तत्काल मतगणना सुरु हुने संकेत देखिएको छैन। मेलम्चीको ज्यामिरे केन्द्रमा धाँधली भएको आरोप लगाउँदै एमालेले मतगणना सुरु गर्न मानेको छैन। कांग्रेस भने तत्काल मतगणना थाल्नुपर्ने अडानमा छ।
यही आरोपमा एमालेका प्रतिनिधिले मतदान सकिएको मुचुल्कामा हस्ताक्षरसमेत गरेको थिएनन्। त्यस्तै पाँचपोखरीमा पनि धाँधली भएको दलहरुको आरोप छ। एमालेले भोटेनाम्लाङ केन्द्रमा धाँधली गरेको भन्दै माओवादीले पुनः निर्वाचनको माग राखेको छ।
विवाद झिकेर भोटेनाम्लाङ दोहो¥याउने हो भने गुन्सा केन्द्रमा पनि पुनः चुनाव हुनुपर्ने एमालेको जिकिर छ। गुन्सामा माओवादी–कांग्रेस गठबन्धनले पनि धाँधली गरेको एमालेको आरोप छ । भोटेनाम्लाङलाई विवाद नबनाउने हो भने एमाले मतगणना सुरु गर्न तयार छ।
तर माओवादीले मानेको छैन। के गर्ने भनेर सहमती जुटाउन मेलम्ची र पाँचपोखरीमा सर्बदलीय छलफलसम्म हुने सकेको छैन।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।