स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम अनुसार सिन्धुपाल्चोकमा ६ जना वडा अध्यक्षका उम्मेद्वार विजयी भएका छन् ।
बाह्रविसे नगरपालिका वडा न १ र २, जुगल गाउँपालिका वडा न १, त्रिपुरासुन्दरी को वडा नं १ र हेलम्बु गाउँपालिका वडा न १ र ७का वडा अध्यक्षका उम्मेद्वारहरु विजयी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबीसे नगरपालिका वडा न १ बाट नेपाली काँग्रेसका आङदोर्जे शेर्पा विजयी भएका छन् । वडा न २ बाट नेपाली काँग्रेसकै रेशम तामाङ विजयी भएका छन् । त्यस्तै जुगल, हेलम्बु र त्रिपुरासुन्दरी गाउँपालिकाबाट पनि नेपाली काँग्रेसका क्रमश: जनक लामा, दावा ग्याल्जेन लामा, नीर बहादुर खड्का र सीताराम थाप विजयी भएका छन् ।
१२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा विवादका कारण मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मत गणना कार्य सुरु नभएको जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोक प्रमुख विकाश शर्मा रिजालले बताए । मेलम्ची नगरपालिकाको भने आज राति ९ बजेबाट मतगणना शुरु गर्ने सहमति भएको छ । प्रमुख रिजालका अनुसार अन्य पालिकामा भने शान्तिपूर्ण ढंगबाट मत गणना भइरहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८