स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झम्कनाथ नेपालले पदबहाली गर्दै ६५ वर्ष पुरा भएका एकल पुरुषलाई गाउँपालिकाको आन्तरीक श्रोतबाट मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् ।
पदबहाली गर्दै अध्यक्ष नेपालले गाउँपालिकाको कार्यालयले तयार गरेको टिप्पणीमा हस्ताक्षर गर्दै यस्तो निर्णय गरेका हुन् । ‘स्थानीय तह सदस्य निर्वाचन मार्फत मैले जनप्रतिनिधिको रुपमा निर्वाचित हुँदा जनतालाई उपलब्ध गराउने,सेवा सुविधालाई सरल, सहज, व्यवस्थित र गतिशिल वनाउने गरि निर्वाचनमा घोषणपत्र मार्फत प्रतिवद्धता व्यक्त गरेको थिए ।’ अध्यक्ष नेपालले भने —‘सोही विषयलाई मध्येनजर गर्दै गाउँपालिकाको अध्यक्ष पदको एतिहासिक कार्यभार सम्हाल्दा निर्वाचनमा जनता समक्ष गरेका प्रतिवद्धतालाई सम्झदै जनताप्रति पुर्ण उत्तरदायि र जवाफदेही रहने गरि लिएको सपथलाई कार्यान्वयन गर्न तत्कालका लागि तपशिलका विषयहरुलाई कार्यान्वयन गर्ने गरि पदभार ग्रहण गर्दछु ।’
नेपालले हस्ताक्षर गरेको टिप्पणीमा सामाजिक सुरक्षा ऐन २०७५ को प्रतिकुल नहुने गरि गाउँपालिका,बैंक,सुरक्षा निकाय र वडा कार्यालयको समन्वयमा असहाय ,जेष्ठ नागरिक अशक्त नागरिकहरुले पाउने सामाजिक सुरक्षा वडा कार्यालय मार्फत उपलब्ध गराउने उल्लेख छ । साथै ६० वर्ष पुरा भएका एकल पूरुषहरुको लगत संकलन गरि आन्तरिक आम्दानीको स्रोतवाट खर्च हुने गरि प्रति महिना रु ५०० उपलब्ध गराउने समेत उल्लेख छ ।
अध्यक्ष नेपालले गाउँपालिकाका कुनै नागरिकहरुलाई रक्त अभाव हुन नदिन वल्ड वैकवाट रगत खरिद गरेको विल पेश गरेमा रगत खरिद वापतको रकम उपलब्ध गराइने । गाउँपालिकाका मोतिया विन्दु भएका नागरिकहरुलाई मोतियाविन्दु अपरेशन गर्न एकतर्फि निशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराइने समेत निर्णय गरेका छन् । साथै श्रवण शक्ति कम भएका नागरिकहरुलाई श्रवण शक्ति वृद्धी गर्न,अडियोग्राम निशुल्क उपलब्ध गराउने, आर्थिक अवस्था कमजोर भएका गाउँपालिकाका ६५ वर्ष भन्दा माथिका सुगर र प्रेशरका विरामीहरुलाई नियमित निशुल्क औषधी उपलब्ध गराउने र फरक क्षमता भएका वालवालिकाहरुलाई अध्ययन सहजताका लागि लागि ऐशेलुखर्क माध्यामिक विद्यालयमा पठन पाठनको व्यवस्था मिलाइने समेत नेपालले बताए ।
गाउँपालिकाका विपन्न नागरिकहरु मध्येका उत्कृष्ट एक जना छात्रा र एक जना छात्रलाई उच्च शिक्षा हाशिल गर्न शैक्षिक छात्रवृत्ति उपलब्ध गराइ सहारा विहिन मानिसहरुलाई संरक्षणका लागि गाउँपालिका र मानव सेवा आश्रमको समन्वयमा संरक्षण गरिने गाउँपालिकाले जनाएको छ ।
यसका साथै सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम संचालन गरिने जसमा स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने र नियमित स्वास्थ्य जाँच गराउने सुत्केरी आमालाई रु १००० र एक क्यारेट अण्डा निशुल्क उपलब्ध गराइने समेत टिप्पणी उल्लेख छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।