स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको मेलम्ची , याङ्ग्री र लार्के नदीमा विनाशकारी बाढी आएको आज एक वर्ष पुरा भएको छ । यस अवधीमा स्थानीय, प्रदेश र संघिय सरकारले वाढीको असर कम गराउन विभिन्न प्रयास गरेको भएपनि त्यो सफल भएको देखिएको छैन ।
सो बाढीमा परि चिनियाँ नागरिक २ जना, भारतिय नागरिक १ जना र नेपाली नागरिक २ जना गरी ५ जनाको मृत्यू भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्क छ । नेपाली १७ जना सहित भारतिय २ जना र चिनियाँ १ जना गरी २० जना अझै वेपत्ता छन् । बाढीका कारण हेलम्बु गाउँपालिकामा २१८ घर, मेलम्ची नगरपालिकामा २५६ घर र पाँचपोखरी थाङपाल गाउँपालिकामा ६५ गरी ५३९ घर पुर्ण क्षती भएको थियो ।
सो बाढीका कारण मेलम्ची नगरपालिकामा मात्रै ६१ अर्ब रुपैंया बराबरको क्षती भएको थियो भने १३ करोड रुपैंया बराबरको खानेपानी आयोजना क्षती भएको थियो ।
सो घटनामा घरबारबिहिन हुने ५३९ परिवारमध्ये ३३८ परिवारले आवास निर्माण अनुदान वापतको पहिलो किस्ता रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको त । ‘निजी आवास अनुदान तर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा केही रकम पठाईएको छ ।’प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले भने —‘।स्थानीय तहवाट लाभग्राहीसँग सम्झौता भई आउने क्रम जारी छ, प्रगतिका आधारमा थप रकम पठाईन्छ ।’
पुनःस्थापना र राहतमा केही कामहरु अगाडि बढेतापनि धेरै काम गर्न बाँकी रहेको खनालले बताए । यस अभियानमा स्थानीय तहवाट १० देखि १५ प्रतिशत र प्रदेश सरकारवाट ३० प्रतिशत रकम प्राप्त भईरहेको र जिल्लाका अन्य स्थानीय तहहरुमा पनि कार्य भै रहेको उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।