स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेकपा माओवादी केन्द्रबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका बुद्धराज बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पहिले नेपाली कांग्रेसबाटै सक्रिय राजनिती गरेका बस्नेत पार्टीसँग असन्तुष्ट हुँदै नेकपा माओवादी प्रवेश गरेका थिए । कांग्रेसबाट माओवादीमा प्रवेश गरेपछि उम्मेदवार नै खडेरी परेको माओवादीले उनलाई बाह्रबिसे नगरपालिकाको मेयर पदमा उम्मेदवार समेत बनाएको थियोे ।
उनी मेयर पदमा पराजित हुँदा नाताले उनकै भाइ पर्ने बालकृष्ण बस्नेत विजयी भए । त्यसपछि पार्टीको भोट संरक्षण नगरी कांग्रेस जिताउन सहयोग गरेको आरोप लगाउंदै माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासनको कारबाही गरेको थियो ।
त्यसलगत्तै पार्टी परित्याग गरेर स्वतन्त्र बसेका बस्नेत आफ्नै दाइ नाता पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको हातबाट पार्टी सदस्य लिएर पुरानै घरमा फर्किएका हुन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८