स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सडक निर्माण गर्ने ठेकेदार कम्पनीले तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको नाली निर्माण गरेको फेला परेपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले बनिसकेको नालि नै भत्काइदिएका छन् ।
जुगल गाउँपालिका वडा नं ५ को ढाँडे-राम्चे-बराम्ची सडकको राम्चे खण्डमा निर्माण भएको नाली गुणस्तरहीन भएको भन्दै स्थानियले विरोध गरेपछि प्राविधिक सहित उपाध्यक्ष आफैं अनुगमनमा पुगेका थिए । अनुगमन गर्दा नाली निर्माण गर्दा हाल्नुपर्ने जति कंक्रीट नहालि निर्माण गरिएको देखिएकोले उक्त नाली भत्काउन लगाएको उपाध्यक्ष श्रेष्ठले बताए ।
‘नालि पिसिसि गर्दा पालना गर्नुपर्ने सामान्य मापदण्ड समेत पालना नगरेको पाइएपछि गुणस्तरहिन करिब एक सय मिटर नालि भत्काउन लगाएको हुँ ।’ सोही सडकको अन्यत्र गरिएको काम राम्रै भएपनि असार लागेकोले हतारमा यो खण्डमा भने गुणस्तरहीन काम गरेको देखिएपछि उपाध्यक्ष श्रेष्ठले खुल्लापानासँग भने-‘ विकासको काममा गुणस्तरमा कुनै सम्झौता हुँदैन ।’
रिना कन्ट्रक्सन एण्ड मिङमा सप्लायर्स जेभिले उक्त सडकमा नाली सहित ग्राभेल गर्नेगरि स्तरोन्नति को काम गरिरहेको छ । सडकमा करिब एक सय मिटर नाली कम गुणस्तरको रहेको देखिएपछि अहिलेलाइ काम नै रोकीएको र सो नालि भत्काएर अर्को निर्माण गरेपछि मात्रै भुक्तानी गरिने गाउँपालिकाका प्राविधिक सन्देश ढुङ्गेलले बताए । उपाध्यक्ष र प्राविधिकसहितको अनुगमन टोलिले नालि फुटाएर हेर्दा आवश्यक गुणस्तर नभएको फेला परेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।