स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रेमिका बनेर २५ लाखभन्दा धेरै नगद ठगी गर्ने नवलपुरकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । एक अधबैंसे पुरुषलाई फेसबुकमार्फत साथी बनाएर विभिन्न बाहनामा नगद असुलेकी नवलपुर गैंडाकोट नगरपालिका ११ की २६ बर्षीया सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको हो । झण्डै एक वर्षअघि पीडित पुरुषले दिएको उजुरीको आधारमा ७ दिन अगाडि चितवन प्रहरीले ती युवतीलाई पक्राउ गरेको जनाएको छ ।
चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीका अनुसार उनले फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएर भरतपुर महानगरपालिका १ का ५२ वर्षीय पुरुषबाट २५ लाख ४५ हजार ७ सय नगद लिएकी हुन् ।
युवतीले दुई वटा फेसबुक आइडी बनाएर पुरुषलाई आकर्षक तस्बिरहरु पठाउने र पुरुष प्रभावित भएर मागेको पैसा दिँदै गएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । प्रहरीका अनुसार युवतीले वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गरेकी थिइन् । युवतीले पहिलो किस्ता ८ लाख लिएपछि पुनः अर्को नाम राखेर उनै पुरूषसँग थप पैसा मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । युवतीले अन्य पुरुषलाई पनि ठगेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८