स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ ।
सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री बोकेर हेलिकप्टरबाट उडेका थिए ।
महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार सो टोलीले १२ पटक नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको थियो । यसको भाडा २५ लाख ६८ हजार रुपैयाँ उठेको छ । सोही दिन एक निजी कम्पनीको हेलिकप्टर ३ पटक प्रयोग गरिएको थियो । यसको भाडावापत ३ लाख भुक्तानी दिइएको थियो । यसरी १ लाख ११ हजारको राहत वितरण गर्न २८ लाख ६८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । अनलाइनखबरबाट
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८