स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५, चौताराका २५० जना शिशुलाई पौष्टिक आहार वितरण गरिएको छ । बलियो नेपालमार्फत लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटीको समन्वयमा सो सामग्री वितरण गरिएको हो ।
बलियो नेपालको प्रायोजनमा ६ महिनादेखि २३ महिना उमेर समुहका शिशुलाई ज्ञान लिटो पिठो वितरण गरिएको हो । जन्मेदेखि २ वर्ष उमेरसम्मका बालबालिकाको उचित स्याहार भएमा उनीहरू भविष्यको बलियो शक्ति हुने भएकोले निजी क्षेत्रले पनि यसमा सहकार्य गर्नुपर्छ भन्ने ध्येयका साथ ती सामग्री वितरण गरिएको बलियो नेपालका संयोजक अतुल उपाध्यायले बताए ।
प्रत्येक शिशुलाई ३० पाकेट लिटो पिठो सहित कचौरा र चम्चा समेत दिइएको थियो । बालबालिकाको क्षेत्रमा गरेको अहिलेको सानो लगानीले भविष्यमा ठुलो प्रतिफल पाउने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको चौतारा सिटीका अध्यक्ष सन्देश श्रेष्ठले बताए ।
पौष्टिक आहार वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, वडा नं. ५ का वडाध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतले कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८