स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा आरक्षभित्र रहेका अनाधिकृत घर तथा टहरा हटाउने भएको छ । सोमबार एक सुचना जारी गर्दै कार्यालयले जुनसुकै बेला यस्ता घरटहरा हटाउने चेतावनी दिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण, ऐन २०२९ को दफा ५ खण्ड (ख) को कानुनी प्रावधान बमोजिम अधिकार प्राप्त अधिकारीको अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र जुनसुकै पदार्थको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाउने उल्लेख छ । यस्तो कार्य गर्ने गराउने व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, ऐन २०२९ को दफा २६,१(क) बमोजिम दश वर्षसम्म कैद वा दशलाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको कार्यालयले जारी सुचनामा उल्लेख छ ।
हाल पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी क्षेत्रमा अनाधिकृत रुपमा घर, टहरा जस्ता भौतिक संरचनाहरु बनाएको गुनासो आएकाले ती टहरा हटाउन कार्यालयले सुचना जारी गरको हो । ‘राष्ट्रिय निकुञ्जको सरकारी जग्गा/वन क्षेत्रमा बनाईएका घर, टहरा निर्माण नगर्नु नगराउनु हुन र वनाइएका घरटहराहरु जुनसुकै वेला भत्काउने तथा कारवाही समेत हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सुचनामा भनिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।