स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेकपा माओवादी केन्द्र, सिन्धुपाल्चोकका लोकप्रिय जनजाति नेता, चौतारा साँगाचिकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङले अब माओवादी जनजातीको पार्टी नरहेकोले आफुले पार्टी छाड्न लागेको बताएका छन ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेको केन्द्रिय समितिमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा पदाधिकारी चयनको आधारमा माओवादी जनजातीको पार्टी नरहेको तामाङले बताएका हुन । उनले एमालेको केन्द्रिय समितिमा सिन्धुपाल्चोकबाट ४ जनामा २ जना तामाङ समुदायको र २ जना खस आर्य समुदाय भएको तर माओवादीको केन्द्रिय समितिमा ८ जना रहेकोमा सबै खसआर्यबाट मात्रै रहेको उदाहरण दिए ।
‘जनजातीको सवालमा माओवादी भन्दा एमालेको धारणा, हेराइ उपयुुक्त देखिन्छ ‘ तामाङले बताए । केन्द्रिय समितिको पदाधिकारी चयनमा पनि जनजाती, दलितको सहभागिता अत्यन्तै न्यून रहेकोले पनि माओवादी केन्द्र जनजातिको पार्टी नरहेको पुष्टि हुने तामाङले बताए । माओवादी भित्र बिना पेशा नव धनाढ्य बढेको, पदको निम्ति जस्तोसुकै हर्कत गर्ने, सत्ताको निम्ति जस्तोसुकै राष्ट्रघात गर्ने गरेकोले आफुले माओवादी छोडेको बताएका छन ।
एमसीसी, नागरिकता बिधेयक पास जस्ता राष्ट्रघात माओवादीले सत्तामा टिकिरहन गरेको पनि उनले बताए । कतिपय संचारमाध्यमहरुले पद नपाएर, एकपक्षले हेपेको पेलेकोले अमानसिंले माओवादी छोडेको भन्ने कुरालाइ अस्वीकार गर्दै आफुले माओवादी छोड्नुमा र एमालेमा लाग्नुमा कुनै पदको सवाल नरहेको बताएका छन । ´ मैले ३८ बर्ष दु:ख गरेको पार्टीले त केही दिएन, केही भएन ३८ मिनेट पनि कुनै दु:ख नगरेको पार्टीले केहि दिन्छ भन्ने छैन` उनले भने ´राजनीतिक रूपमा नै माओवादी बिचलित भएकोले माओवादी छोडेको हो ।`
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।