स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२३ बर्षको उमेर बहुविवाह आरोपमा कैद र जरिवानाको सजाय फैसलापछी फरार रहेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का रामकृष्ण भन्ने टिकादत्त दुलाल २० वर्षपछि पक्राउ परेका छन् ।
फैसला कार्यान्वयन अन्तर्गत सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०५९ जेठ २ गतेको फैसलाले वहुविवाह मुद्दामा १ महिना कैद र एक हजार रूपैयाँ जरिवाना सजाँय भई फरार रहेका थिए । दुलाललाई प्रहरी टोलीले मिति २०७९ भदौ ३ गते पक्राउ गरि भदौ ५ गते सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरी जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।
त्यसैगरी जिल्ला अदालतबाट २०७३ जेठ १७ गतेको फैसलाले वहुविवाह मुद्दामा १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना भई फरार रहेकी पाँचपोखरी थाङपाल गाउँपालिका ५ कि फुर्पा तामाङको कान्छी श्रीमती वर्ष २७ कि मिरा भन्ने निर माया तामाङलाई भदौ ०५ गते पक्राउ गरि अदालतबाट कैद जरिवाना असुलका लागि जिल्ला कारागार चौतारा चलान गरीएको लामिछानेले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८