स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सिता थापाले डाक्टर र कर्मचारी सहित लाभग्राहीको घरघरमै पुगेर अपाङ्ग परिचय पत्र वितरण गरेकी छिन् । उपमेयर थापाले विहीबार मात्रै नगरपालिकाको वडा नं. ११, नर्सरीमा पुगेर ११ जना अपाङ्गलाई परिचय पत्र वितरण गरेकी हुन् ।
वडा कार्यालयसम्म आउनसक्ने लाभग्राहीलाई कार्यालयमै परिचय पत्र वितरण गरिएको थियो । कार्यालयसम्म पनि आउन नसक्ने अति अशक्त लाभग्राहीहरूको हकमा भने उपमेयर थापा र वडाध्यक्ष रोशनराज गिरी चौतारा अस्पतालका डाक्टर नै लिएर घरघरमा पुगेका थिए । आज वितरण गरिएको परिचयपत्र मध्ये ८ वटा कार्यालयमा नै वितरण गरिएको थियो भने ३ वटा लाभग्राहीकै घरमा गएर वितरण गरिएको थियो ।
‘हाम्रा जनतालाई परिचयपत्र बनाउन कै लागि चौतारासम्म धाउन नपरोस् भनेर वडामा नै परिचयपत्र वितरण गराइदिन नगरपालिकालाई अनुरोध गरेको थिएँ ।’ वडाध्यक्ष गिरीले भने । ‘स्थानीयको मागको आधारमा चिकित्सक, स्वास्थ्य शाखा, महिला तथा बालबालीका शाखा र अन्य आवश्यक कर्मचारी सहित वडामा नै एक दिने परिचयपत्र वितरण कार्यक्रम राखेका हौं ।’ उपमेयर थापाले भनिन् ।
यस्ता कार्यक्रमबाट अपाङ्गहरू एकदमै लाभान्वित हुने नगरकी महिला तथा बालबालीका शाखा प्रमुख टिका काफ्लेले बताइन् । क बर्गको परिचयपत्र घरमै प्राप्त गरेपछि सामाजिक सुरक्षा भत्ता पाउने समेत बाटो खुलेपछि सम बहादुर आलेले नगरपालिकालाई धन्यवाद दिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।