Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2025 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ पौष १, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

तेम्बाथानको पीडाः छोराछोरी पढाउन बसाइँसराई

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ भाद्र १२, आईतबार (३ साल अघि)
तेम्बाथानको पीडाः छोराछोरी पढाउन बसाइँसराई

तेम्बाथान
विभिन्न सुविधा तथा अवसरको खोजीमा बसाइ सर्नु त सामान्य कुरा नै हो । आर्थिक अवस्था सुधार्न रोजगारको खोजी गर्दै पनि मानिस बसाइ सर्ने गर्दछन् । तर सिन्धुपाल्चोकको तेम्बाथानका मानिसलाई भने छोराछोरीलाई आधारभुत शिक्षा दिनको लागि समेत बसाइ सर्नुपर्ने बाध्यता छ ।

सिन्धुपाल्चोकको जुगल गाँउपालिका २, साङलुङ गाँउ अहिले खाली छ । तेम्बाथानको ठिक पारीपट्टि रहेको सो गाउँका १५ भन्दा धेरै परिवार अहिले छोराछोरी पढाउनकै लागि गाउँ छाडेर अन्यत्र लागिसकेका छन् । पारी रहेको तेम्बाथान आधारभुत विद्यालयसम्म जानको लागि हिँउदमा खोलामा फट्के थापेर बाटो बनाउने गरेको भएपनि बर्खामा त्यो पनि सम्भावना छैन । हिउँद मै पनि घण्टौँ लाग्ने भीरको बाटो हुँदै विद्यालय गएका छोराछोरी सकुशल फर्किन्छन् कि फर्किदैनन् भन्ने डर सँधै रहिरहन्छ । आफूहरू जोखिम मोलेर हिँउदमा खोला तरेरै विद्यालय आउने गरेको तेम्बाथान आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी पासाङ रेन्जी शेर्पाले बताए ।

साङलुङबाट बसाईँ सरेर आएका बालबालीका

गाउँका आर्थिक हैसियत राम्रै भएका परिवारहरू आफ्नो क्षमता अनुसार चनौटे, चौतारा तथा काठमाण्डौमा छोराछोरी पढाउन गएका छन् । त्यो भन्दा कमजोर परिवार पाँचपोखरी थाङपाल गाउँपालिकातिर पुगेका छन् । तर कतै जान नसक्ने परिवार भने तेम्बाथानमा गएर अर्काको जग्गा कमाएर छोराछोरी पढाइरहेका छन् । आफ्नो जग्गा बाँझो छाडेर अधियाँमा अर्काको जग्गा कमाउन रहर नभएपनि गाँउ नै खाली भएपछि उनीहरु बसाइ सर्न बाध्य छन् । ‘अली हुनेखाने सम्पत्ति भएका छिमेकीहरु तलतीर (काठमाण्डौलाई तल भन्ने चलन छ) गइहाले,’ साङलुङबाट छोराछोरी पढाउनै अर्काको जग्गा कमाएर तेम्बाथान आएकी फुर्पा लमु शेर्पाले भनिन् —‘जसरी भएपनि सन्तानलाई पढाउनु त प¥यो नी ।’

विद्यालयमा पढ्ने अधिकाँश विद्यार्थीका अभिभावक कमजोर आर्थीक अवस्था भएका छन् । आर्थीक अवस्था सामान्य मात्रै भएका अभिभावकले समेत आफ्ना बालबालीका बजारमा कोठाभाडामा लिएर पढाउन पठाएका छन् । विद्यालयमा यसवर्षबाट कक्षा ६ को पढाइ सुरु गरिएको छ । गाँउबाट अन्यत्र लगेर पढाउन नसक्ने परिवारको बालबालीकाको पढाइ विचमै छाड्नुको विकल्प छैन ।

अहिले विद्यालयको शैक्षिक स्तर केही उकासिइएको भएपनि भौगोलिक विकटता र गरिबीको कारण उल्लेख्य प्रगती भने हुन सकेको छैन । ‘यहाँका बालबालीका बाबुआमासँगै गोठमा जानाले पढाइलाई निरन्तरता दिन समेत सक्दैनन्’, तेम्बाथान आधारभुत विद्यालयका विव्यस अध्यक्ष लाक्पा शेर्पाले भने —‘त्यो समस्याबाट छुटकारा पाउन हामीले बर्खे विदा समेत नदिइ विद्यालय सञ्चालन गर्दै आएका छौं ।’

विकासको सामान्य अनुभव समेत गर्न नपाएको तेम्बाथान सिन्धुपाल्चोकको कर्णालीको उपमा पाएको तेम्बाथान पुग्दा लाग्छ, यो ठाँउमा सरकार पुगेकै छैन ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

  • भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

  • १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

  • इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    • ताजा अपडेट
    • २४ घण्टामा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    इको पहिरोमा स्थानीयको धर्ना, अरनिको राजमार्ग बन्द

    सिन्धु एमालेमा ओली समूह कमजोर, हराए ५९ प्रतिशत संगठित सदस्य !

    सिन्धुपाल्चोकमा १४५ मतदानस्थल, एउटा थप्न प्रस्ताव

    नेपालमै पहिलोपटक ह्विलचेयरमै बसेर सापकोटाको बन्जी

    प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    समाचार
    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    बाह्रबिसेमा २२ लाख बराबरको अवैध चाइनिज सामान बोकेको टिपर नियन्त्रणमा

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    सुकुटेमा रास्वपाको वडा भेला, महेन्द्र बने वडा सभापति

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    भोटेकोसीमा भयो सहमति , खुल्यो अरनिको राजमार्ग

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    १० दिनपछि खुल्यो ब्रम्हायणी हाइड्रोको ताला, स्थानीयसँग ९ बुँदे सहमति

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0