स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाली काँग्रेस , सिन्धुपाल्चोकले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न सकस भएको छ । केन्द्रीय कार्यालयले भदौ २० गतेभित्र एउटा पदको लागि बढिमा ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको भएपनि सिन्धुपाल्चोक क्षेत्र नं २ मा भने ८ जनासम्मको नाम सिफारिस हुने भएको छ ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक २ बाट ६ जनाले उम्मेदवारीको लागि आवेदन दिएका छन् । सो क्षेत्रमा प्रत्यक्ष तर्फ विष्णु विक्रम थापा, बंशलाल तामाङ , राजु गोर्खाली, बिल बहादुर तामाङ , शिव सुनार र अनुप न्यौपानेले आफ्नो उम्मेदवारी दावि गरिरहेका छन् । उनिहरु सबैलाई सिफारिस गरि पठाउने वा उनिहरुविच सहमति गराइ कम नाम सिफारिस गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । सो क्षेत्रमा समानुपातिक तर्फ भने विकाश लामा र सानुमाया हिमालयको नाम सिफारिस गर्ने सहमति भएको स्रोतले बताएको छ ।
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ प्रदेश सभा क बाट भने ८ जनाको नामावली सिफारिस गरि क्षेत्र मा पठाईएको छ । नेपाली काँग्रेसको सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेशसभा क का लागि प्रत्यक्षतर्फ प्रतिनिधिसभामा समेत उम्मेदवारी दावि गरेका विस्णु बिक्रम थापा सहित टकं कार्कि, बिकास तामाङ, राजेन्द्रमान ताल्चाभन्डेल, देब प्रसाद बानिया, अनिल कुमार तामाङ, भुपेन्द्र थापा र उद्धव बानियाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने रिता दुलाल, अष्टमायां तामाङ, चमेलि श्रेष्ठ, बिल बहादुर तामाङ र प्रेम कुमार दङ्गालको नाम सिफारिस गरिएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेशसभा ख मा कृष्णकुमार तामाङ (समिर), पासाङ दोङ, विष्णु खडका, मधुसुदन सिग्देल र सागरकुमार श्रेष्ठको नाम सिफारिसका लागि निर्णय भएको स्रोतले बताएको छ । तर पार्टीका प्रतिनिधि सभा क्षेत्र नं २ को क्षेत्रीय समितिका सचिव केशब श्रेष्ठले भने उम्मेदवारको नामावली सिफारिसका लागि तयार भइनसकेको बताएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।