स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाली काँग्रेस , सिन्धुपाल्चोकले प्रतिनिधि सभा क्षेत्र नं १ का लागि केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री मोहनबहादुर बस्नेतलाई एकल सिफारिस गरेको छ । पार्टीको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारीको लागि बस्नेतको नाम मात्रै सिफारिस गरेको हो ।
बैठकले प्रतिनिधि सभाको समानुपातिक तर्फबाट भने सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ ।
सोही क्षेत्रको प्रदेश सभा क मा भने प्रत्यक्षतर्फ भोला बोहोरा, विष्णु बहादुर खत्री , साङ्बो शेर्पा , गंगाबहादुर श्रेष्ठ , मषिना खड्का भण्डारी , दोर्जे लामा, देविबहादुर बुढाथोकी , भिमप्रसाद पौडेल , वेदबहादुर श्रेष्ठ , कमल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फबाट भने हरिशरण श्रेष्ठ र लिलाकुमारी नेपालको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा १ को प्रदेश ख का लागि पनि ९ जनाको नाम सिफारिस गरेको छ । पार्टीले देवेन्द्र खड्का, राजेन्द्रकुमार श्रेष्ठ , जंगबहादुर लामा, केदार क्षेत्री , श्रवणकुमार जिसि, सगुन श्रेष्ठ , रुपकाजी लामा, रामकुमार तामाङ र शर्मिला कुमारी खड्काको नाम सिफारिस गरेको छ ।
सो क्षेत्रको समानुपातिक तर्फ भने दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान , रामबहादुर लामा, ङिमा जाङ्वो शेर्पा , चित्रकुमार मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठको नाम सिफारिस गरेको छ ।
पार्टीको नीति अनुसार प्रदेश क्षेत्र र निर्वाचन क्षेत्रले सिफारिस गरेको नामावली माथि भोलि शुक्रबार हुने पार्टीको जिल्ला कार्यसमिति बैठकले छलफल गरि प्रदेश समितिमार्फत केन्द्रीय समितिमा पठाउनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।