स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपाली काँग्रेस , सिन्धुपाल्चोकले जिल्लाका २ जना क्रियाशील पत्रकारलाइ प्रदेश निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । काँग्रेसले १ जनालाइ प्रत्यक्ष तर्फ र १ जनालाई समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको हो ।
संसदीय मामिला पत्रकार समुहका सचिव विष्णु खड्कालाई काँग्रेसले प्रतिनिधि सभा २, प्रदेश ख को लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । यसअघि एपिवान टेलिभिजनमा बरिस्ठ सम्बाददाताको रुपमा कार्यरत खड्का हाल नेपाल नेटवर्क टेलिभिजन ( NNTV)मा समाचार संयोजकको रुपमा कार्यरत छन् ।
त्यस्तै प्रतिनिधि सभा १ को प्रदेश ख मा पत्रकार चित्रकुमार मिजार समानुपातिक तर्फबाट उम्मेदवार सिफारिस भएका छन् । हाल गोरखापत्र दैनिकका सिन्धुपाल्चोक सम्बाददाताको रुपमा कार्यरत मिजार काँग्रेसकै कोटाबाट भुमि समस्या समाधान आयोग, सिन्धुपाल्चोकको सदस्य समेत छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८