स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सचा तथा प्रदेशसभा निर्वाचनको लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । कसैले एकल उम्मेदवार छनौट गरेर सिफारिस गरिरहेका छन् भने कुनै दलले आकाक्षीं सबैलाई सिफारिस गरेर पठाइरहेका छन् । तर सिन्धुपाल्चोकको माओवादी भित्र भने सापकोटा परिवारमै टिकटको लागि हानाथाप परिरहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटा र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुवोध सहोदर काका भतिजा हुन् । अग्नि पटकपटक उम्मेदवार भएर राष्ट्रिय राजनीतिमा छाइरहँदा युवामाझ लोकप्रिय सुवोध भने हालसम्म कुनै पनि राष्ट्रिय निर्वाचनमा सहभागी भएका छैनन् । सुवोध यसपटक जसरी पनि उम्मेदवार हुने दाउमा छन् ।
उनिहरु दुवैको प्रभाव क्षेत्र सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं १ हो । अग्नि सो क्षेत्रमा पुनः निर्वाचित हुने दाउमा छन् भने सुवोध सोहि क्षेत्रबाट ‘डेब्यु’ गर्ने दाउमा छन् । तर सुवोधको यो दाउमा आफ्नै काका अग्नि बाधक देखिएका छन् । अग्निलाइ समानुपातिक उम्मेदवार बनाएर आफू प्रतिनिधि सभामा प्रत्यक्ष लड्ने योजनामा सुवोध देखिन्छन् भने सुबोधलाई प्रतिनिधि सभा १ को प्रदेश सभा ख मा उम्मेदवार बनाएर आफू भने प्रतिनिधि सभा १ कै प्रत्यक्ष लड्ने अग्निको चाहना छ ।
नेपाली काँग्रेससँग गठबन्धन भएर सो क्षेत्र माओवादीको भागमा परेमा अग्निप्रसाद सापकोटा र माधव सापकोटा सुवोधले सो क्षेत्रको टिकट दावि गरिरहेका छन् । प्रतिनिधि सभा १ को प्रदेश क मा भने सरल सहयात्री पौडेल र राजकुमार पौडेलले टिकट दावी गरिरहेको माओवादी स्रोतले बतायो । सोही क्षेत्रको प्रदेशसभा ख मा भने अमृता नेपाल, प्रतापसीं तामाङ र प्रेमप्रसाद सापकोटाले उम्मेदवार बन्ने चाहना देखाएका छन् । अग्नि सापकोटाले प्रतिनिधि सभाको टिकट नछाडेर सुवोध यश प्रदेशमा आउन चाहेमा भने उनको लागि सबैले ‘फ्लोर खाली’ गर्ने देखिन्छ ।
गठबन्धनबाट माओवादीले सिन्धुपाल्चोक प्रतिनिधि सभा २ मा भाग पाएमा वा माओवादि एकल रुपमा निर्वाचनमा सहभागी हुने भएमा पनि युवराज दुलाल शरद सो क्षेत्रको एकल दाविकर्ता रहनेछन् । प्रतिनिधिसभा १ काँग्रेसको भागमा परेर अग्नि सापकोटा २ मा आउन चाहेमा भने दुलालको लागि ‘टाउको दुखाइ’ हुनसक्ने आँकलन नेता कार्यकर्ताको छ ।
प्रतिनिधि सभा २ को प्रदेश क मा उम्मेदवार बन्नभने गोविन्द पराजुली, झम्क पराजुली, विरबहादुर तामाङले आफ्नो इच्छा देखाएको स्रोतले बतायो । ध्रुव पराजुली समेत यो क्षेत्रको उम्मेदवार बन्न सक्ने चर्चा माओवादीभित्र छ । प्रदेश सभा ख मा भने पुराना माओवादी नेता चन्द्रबहादुर थापा सहित गोपाल स्याङ्बो र भरत थापा समेत चर्चामा छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।