स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धु यूएसए वेलफेयर सोसाइटीले सिन्धुपाल्चोक जिल्लाबाट २०७८ सालको माध्यमिक शिक्षा परिक्षा (SEE) मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई सम्मान गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाबाट एसइइ परिक्षामा सहभागी भइ ३ दशमलव ९ जिपिए सहित उत्कृष्ट परिक्षार्थिको रुपमा उतिर्ण भएकी बालशिक्षा माध्यमिक विद्यालयकि दिक्षीका पराजुली र ३ दशमलव ८ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल सदावहार एकेडेमीका रामकृष्ण विकलाइ जनही ५१ हजार रुपैयाँ नगद सहित सम्मान गरेको हो । सिन्धुपाल्चोकबाट ४२४० जना विद्यार्थी एसइइ परिक्षामा सहभागी थिए ।
आज सिन्धुपाल्चोकको खाडिचौरमा आयोजित सम्मान कार्यक्रममा सोसाइटीको संरक्षणमा अध्ययन गरिरहेका अभिभावकविहिन १२ जना विद्यार्थीहरुमध्ये उच्च माध्यमिक तहको शिक्षा पूरा गरेका ३ जना विद्यार्थीहरुलाइ सम्मान सहित विदाइ समेत गरिएको सोसाइटीका संस्थापक अध्यक्ष बंशलाल तामाङले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८