स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
दशैँ लक्षित सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनरहरू मितेरी पुल पारी नै रोकिएर बिग्रने अवस्था आएपछि बाटोमा अड्कीएका कन्टेनरहरूकाे लागि मात्रै अस्थायी रुपमा तातोपानी नाका सञ्चालनमा आएको छ ।
तिब्बतको न्यालम लगायतका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि चिनले स्वास्थ्य सतर्कताको नाममा नाका बन्द गरेको थियो । चिनको चाहना अनुसार मात्रै खुल्ने र बन्द हुने उत्तरी नाका विभिन्न कारण देखाउदै पटक पटक खुल्ने र बन्द हुने गरेका छन् । यसबाट नेपाली व्यापारीहरू प्रत्यक्ष मारमा परेका छन् । नेपालीहरूको महान् चाड दशैँलाई लक्षित गरी व्यापारीले ल्याएका स्याउ, लसुन, प्याज लगायतका खाद्यान्न कन्टेनरमै कुहिन थालेको छ भने तयारी कपडा समेत बेलामा बजार नआइपुग्दा व्यापारीको कराडौँको लगानी फसेर बसेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेतले बताए । व्यापारीले किनेर गाडीमा लोड भइसकेका एक सय भन्दा धेरै कन्टेनर पारी नै रोकिएर बसेको उनले बताए ।
चिनले यसअघि पनि पटक पटक नाका बन्द गर्दै आएको छ । सञ्चालनमा आँउदा पनि नेपालतर्फ चिनियाँ सामग्री आयात मात्रै गर्न दिने चिनले नेपाली सामान निर्यात गर्न भने पूर्ण बन्देज नै लगाएको छ । नेपाली पर्यटक तथा व्यापारी चिनीयाँ क्षेत्रमा प्रवेश नै पाउदैनन् । जसका कारण व्यापारीहरू पेशाबाट नै पलाएन हुन थालेका छन् । यो समस्या समाधान गर्न नेपालको तर्फबाट कुनै प्रभावकारी कदम चालिएको पनि देखिएको छैन । नेपाल सरकारको तर्फबाट कूटनीतिक पहल गरेर नाका खोल्नुपर्ने उनले बताए ।
नाकालाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्न उच्च सरकारी तवरबाट नै विशेष कूटनीतिक छलफल हुनुपर्ने देखिन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।