स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढि नगरपालिका ६, पिपलडाँडाका दुइजना युवा नक्कली पेस्तोल देखाइ लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । पिपलडाँडा घर भई हाल काठमाडौंको हाँडीगाउँमा बस्ने ४१ वर्षीय बालसुन्दर सापकोटा र पिपलडाँडाकै ४० वर्षीय अर्जुन कार्की नक्कली पेस्तोल र लुटिएको सामग्री सहित पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली, लुटिएको ३ थान मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका ३१, कात्यायनी मन्दिर नजिकै रहेको कपिल श्रेष्ठको केएस मोबाइल पसलमा उनिहरुले नक्कली पेस्तोल देखाई तीन थान मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही मन्दिर नजिकै पक्राउ गरेको हो । उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८