स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३, जिल्लाकै पहिलो बालमैत्री वडा बनेको छ । लामो प्रयासपछि चौतारा साँगाचोकगढी वडा न १३ जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको हो ।
५८ औ राष्ट्रि बाल दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले वडा न १३ लाई बालमैत्री वडा घोषणा गरेका हुन् । बालमैत्री वडा घोषणा गर्दै मेयर सापकोटाले बालमैत्रीका चुनौतीपूर्ण सूचक तथा मापदण्ड पुरा गरेर वडा न १३ बालमैत्री वडा बनेकोमा खुशी व्यक्त गर्दै यो आर्थिक वर्षमा कम्तिमा दुईवटा वडा बालमैत्री वडा घोषणा गर्ने योजना रहेको पनि बताए ।
कार्यक्रममा उपमेयर सीता थापाले बालमैत्री वडा घोषणाले चौतारा साँगाचोकगढी नगरपालिकाले भौतिक पूर्वाधारलाई मात्र विकास नठानेर बालबालिकाको सार्वङ्गिन विकासलाई पनि विकासको मूल प्रवाह ठानेको जिकिर गरिन् । बालबालिकाको सर्वाङ्गि विकास विना अरु विकासको खासै अर्थ नरहेको उहाँको निचोड थियो । विभिन्न झाँकी, नारा र बजार परिक्रममा पछि सेतीदेवी माविको प्राङगनमा आयोजित घोषणासभामा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी, चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगाल लगायत वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।
२०७६ सालबाट नै नगरपालिकालाई बालमैत्री नगर बनाउने उदेश्यका साथ पहलकदमी हुँदै आएको थियो । सोही पहलकदमीका कारण वडा न १३ बालमैत्री वडा घोषणा गर्न सफल भएको वडा अध्यक्ष रामप्रसाद गौतमले बताए । बालमैत्री वडाका लागि आवश्यक ५१ सूचक पार गरिसकेकोले बालमैत्री वडा घोषणा गरिएको उनले बताए । विगत लामो समयदेखि वडाले सूचक तथा मापदण्ड पुरा गर्दै बालबालिकाको हक, हित र अधिकारलाई स्थानीय नीती, नियम र बजेटमा समावेश गर्दै आइरहेको छ । वडाध्यक्ष गौतमले यो सँगै थप सूचक र जिम्मेवारीलाई पनि आत्मसात गर्दै कार्यान्वयन गर्नका लागि वडाको भूमिका सधैं रहिरहने प्रतिवद्धता अध्यक्ष गौतमले गरे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।