स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
साथिहरुसँग नुहाएर फर्किने क्रममा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १, सर्कथलीस्थित छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षकको २२ घण्टापछि आइतबार जीवितै उद्धार गरिएको छ । हेलम्बु नाकाते नजिकैको छ्यादी खोलामा स्थानीय विद्यालयका शिक्षक साथीसहित नुहाउन गएका शिक्षक केशव सिवाकोटी शनिबार पुल नजिकैबाट चिप्लिएर लडेर खोलामा परेका थिए ।
दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका ३ का सिवाकोटी हेलम्बु १ को सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आएका थिए । सँगै गएको साथि चिप्लिएर लडेर छ्यादि खोलाको छाँगामा हराएपछी प्रत्यक्षदर्शी शिक्षक र स्थानीयले गाउँपालिका र प्रहरीलाई खबर गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । सो खोला नजिकै मेलम्चि नदिमा मिसिएको हुनाले स्थानिय र प्रहरीले उनी मेलम्ची नदिमा पुगेर वेपत्ता भएको हुनसक्ने आँकलन गरेका थिए ।
मेलम्ची नदिको तल्लो तटिय क्षेत्रसम्म खोजि गर्दा पनि उनलाई नभेटेपछि मृत्यु भएको अनुमान गरिएको थियो । ‘छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुंगाको कापबाट उनलाई सकुशल उद्धार गरिएको छ‚’ अध्यक्ष शेर्पाले भने ।
शनिबार साँझसम्म पनि नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी खोला भिरबाट आइतबार बिहान मान्छे चिच्याएको आवाज सुनेपछि सोही ठाउँमा रहेको अनुमान गरि उद्दारको काम शुरु गरिएको थियो । ‘बचाउ‚ बचाउ; गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेको खबर पाएपछि गाउँपालिका अध्यक्ष शेर्पा तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा खटिएका थिए ।
शुरुमा हेलिकप्टरबाट डोरी खसालेर उनको उद्दार प्रयास गरिएको भएपनि त्यो सफल हुन सकेन । उनी गहिरो खोंचमा अड्किएको कारण हेलिकप्टरबाट उनको उद्दार गर्न सकिएको थिएन । त्यसपछि नेपाल प्रहरी , नेपाली सेना र सशस्त्र प्रहरीका तालिमप्राप्त खोजकर्ताहरूले डोरी लगाएर उनको सकुशल उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय , सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले बताए ।
उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर अहिले कठमाडौं लगिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताए ।शिक्षकको जीवन बँचाएको भन्दै स्थानीय गाउँलेले सुरक्षाकर्मी, शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।