स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोकको सभापति पदमा माया गुरुङ चयन भएकी छिन् । शनिबार चौतारामा भएको पार्टीको जिल्ला भेलाले गुरुङलाई सभापति चयन गरेको हो ।
पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देल चयन गरेको छ । तीन जना पदाधिकारी सहित जिल्लाका सबै स्थानीय तहका कमिटी सभापति पदेन सदस्य रहने पार्टीको विधान अनुसार तीन जना पदाधिकारी चयन गरिएको सचिव सिग्देलले बताए ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकी गुरुङ सगरमाथा आरोही समेत हुन् । विश्वका सात वटै महादेशका उच्च हिमाल आरोहण गरेर किर्तिमान समेत कायम गरिसकेकी उनी सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् । विपन्न परिवारका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्न, महिलालाई हिमाल गाइड तालिम प्रदान गर्न तथा प्रशिक्षण केन्द्र समेत सञ्चालन गर्न सक्रिय गुरुङले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा २ मा उम्मेदवारी दिने घोषणा समेत गरेकी छिन् ।
जिल्ला भेलामा प्रमुख अतिथि रवि लामिछानेले देशलाई अहिले ठूला भनिएका दलहरूले बर्बाद बनाएको र अब देशलाई जोगाउन सबै जनताले आफ्नो मत परिवर्तन गर्नुपर्ने बताए । आफ्नो आस्था रहेको दल परिवर्तन नगरिकनै पनि मत मात्रै परिवर्तन गर्दा पनि देशमा ठुलो परिवर्तन आउने उनले बताए । पुराना पुस्ताका नेता र पुराना दलहरूबाट अब कुनै परिवर्तनको आश गर्न नसकिने भन्दै लामिछानेले सबै मतदाताले आफ्नो आवद्धता रहेका दलहरूलाई सचेत गराउन पनि आफ्नो मत परिवर्तन गर्नैपर्ने बताए ।
कार्यक्रममा सहभागी ६ जना स्थानीयले ‘मेरो परिकल्पनाको देश’ भन्ने विषयमा आफ्नो धारणा समेत राखेका थिए । कार्यक्रममा हजारौं दर्शकको उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।