स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट माया गुरुङ र दिनेश श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् । दिनेश श्रेष्ठले सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट र माया गुरुङले क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका हुन् ।
‘राजनीतिमा सधैं पुरानै अनुहार, पुरानै सोच र गुटगत तमासाबाट दिक्दार भएका जनताहरुको भावनाको प्रतिनिधित्व गर्न हामीले अग्रसरता देखाएका हौं ।’ उम्मेदवार माया गुरुङले बताइन् । संसदमा सही मान्छेको प्रतिनिधित्व नहुँदा जनजीविका र विकासका सवालहरु ओझेलमा पर्ने उनले बताइन् । स्थापित दलहरुबाट इमान्दारितापूर्वक जिल्लाको विकास र समृद्धिका लागि काम नगरेकाले आफुहरुले चुनावी मैदानमा आउनुपरेको उनले बताइन् ।
‘अब जिल्लाको राजनीति नयाँ चरणमा प्रवेश गर्नुपर्छ भन्ने सोचेर हामी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यहाँहरु समक्ष प्रस्तुत भएका छौं ।’ उम्मेदवार दिनेश श्रेष्ठले भने —‘यसपटक घण्टी चुनाव चिन्हमा मत दिएर सिन्धुपाल्चोकवासी आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुले हाम्रो पार्टीलाई बहुमतले विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’ आफ्नो बुताले भ्याएसम्म अहोरात्र खटेर काम गर्ने भन्दैै उनले भने —‘हामी यहाँहरुलाई के पनि अनुरोध गर्छौं भने चुनाव जित्नैका लागि दिइने विभिन्न आश्वासन र लालचलाई यसपटक दुत्कार्नुहोला, असफल पार्नुहोला ।’
आफुहरु सुशासन, दीगो विकास र जनजीविकाको सवाललाई प्रभावकारी रुपमा उठाएर जिल्लाको र देशको विकासमा देखिने परिवर्तनका लागि काम गर्नको लागि मैदानमा आएको र हाम्रो यो राजनीतिक सक्रियता युवा पुस्ताले राजनीतिको बागडोर सम्हाल्ने अभियानतर्फ पनि लक्षित रहेको उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।