स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका १, जलविरेमा प्रथम जलविरे कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ । जलविरे युवा क्लबले आयोजना गरेको प्रतियोगिताको बलेफी १ का वडाध्यक्ष हुप बहादुर खड्काले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा जिल्लाका विभिन्न १४ वटा टिमको सहभागिता रहेको छ । बलेफी गाउँपालिका सहित चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, जुगल गाउँपालिका, सुनकोशी गाउँपालिका तथा इन्द्रावती गाउँपालिकाबाट पालिका तथा क्लबका टिमहरू सहभागी भएका छन् ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि खड्काले युवाहरुको शरीर स्वस्थ राख्न र युवालाई अनुशासनमा राख्न पनि खेलकुदको आवश्यकता रहेको बताए । खड्काले जिल्लाका विभिन्न भूभागमा छरिएर रहेका युवाहरूलाई मित्रता कायम गराउन पनि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निभाउने बताए ।
कार्यक्रमका विशेष अतिथि रहेका क्लबका सल्लाहकार तथा आसन्न निर्वाचनका प्रतिनिधि सभा १ (ख) का राप्रपा उम्मेदवार दीपक थापाले राष्ट्रको नाममा खेल्ने खेलाडीहरू बेरोजगार भइ विदेशिनु पर्ने तितो यथार्थ रहेको तर मुलुक खेलाउने खेलाडीहरू भने महलमा बस्ने गरेको बताए । उनले देशमा रहेका भ्रष्टाचारहरूलाइ काठमाण्डौका प्रमुख बालेनले अनधिकृत घरमा डोजर लगाए जसरी पन्छाउनु पर्ने बताए ।
प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले समेत शुभकामना दिएका थिए । प्रतियोगितामा प्रथम दि्वतिय, तृतीय र चौथो हुने टिमले क्रमशः १ लाख, पचास हजार, २५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाउने क्लबका अध्यक्ष रमेश श्रेष्ठले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।