स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारमा आफू उपप्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् । आइतबार सिन्धुपाल्चोकको जलबिरेमा आयोजित एक कार्यक्रममा आफू उपप्रधानमन्त्री बन्ने पक्का भएको भएपनि प्रधानमन्त्री बन्ने कसरतमा रहेको बताएका हुन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राप्रपा सिन्धुपाल्चोक प्रदेश १ ख कार्यसमितिले आयोजना गरेको विभिन्न चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रममा राणाले सिन्धुपाल्चोकको विकासमा आफूले गरेको योगदानको स्मरण गर्दै ती पूर्वाधारको स्तरोन्नतिका आफुपछिका जनप्रतिनिधिले कुनै ठोस काम गर्न नसकेको देखेर आफूलाई दुख लागेको बताए । आफ्नो कार्यकालमा बनेर हाल अलपत्र रहेका सिंचाइ, खानेपानी, सडक लगायतका पूर्वाधारहरूको मर्मत तथा स्तरोन्नतीका लागि पुनः आफ्नो आवश्यकता महशुस भएकोले आगामी निर्वाचनमा आफ्नो दललाई मतदान गर्न उनले आग्रह गरे । राणा राप्रपाबाट समानुपातीक उम्मेदवार हुन् ।
राप्रपाका उम्मेदवारहरु सहभागी उक्त कार्यक्रममा आफु उपप्रधानमन्त्री भएपछि राप्रपा प्रदे १ ख का उम्मेदवार दिपक थापालाई बागमती प्रदेश सरकारको मन्त्री बनाउन समेत आफुले कसरत गर्ने उनले बताए । राप्रपाबाट सिन्धुपाल्चोक प्रतिनिधि सभा १ मा नारायणजंग पाण्डे, १ क मा निमर्ला श्रेष्ठ र १ ख मा दिपक थापा उम्मेदवार छन् । उम्मेदवारहरुले सिन्धुपाल्चोकमा काँग्रेस तथा कम्युनिष्ठ नेताहरु भ्रष्टाचारमा लिप्त भइ आपराधिक क्रियाकलापमा समेत संलग्न भएकाले आफुहरुलाई मत हाल्न आग्रह गरे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।