स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई लक्षित गरि सिन्धुपाल्चोकको चौतारामा नमुना मतदान गरिएको छ । १ सय जना मतदाताको अनुमान गरि शुरु गरिएको नमुना मतदानमा ८५ जना सहभागी भएका थिए । जसमध्ये प्रतिनिधि सभा तर्फ ७५ मत सदर हुँदा १० मत बदर भएको छ ।
चौताराको श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा भएको मतदानमा सोही विद्यालयका विद्यार्थी सहित स्थानीय बासिन्दाले समेत मतदान गरेका थिए । पहिलो पटक मतदाता नामावलीमा नाम समेटिएका नयाँ मतदाताहरू समेत सहभागी भएकोले बदर मत बढेको हुनसक्ने जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए ।
बदर भएका मतमध्ये अधिकाँश मतपत्रमा स्थानिय तहको निर्वाचनको झल्को दिनेगरी एकै लहरका सबेै चिन्हमा मतदान गरिएको भेटीएको रिजालले बताए । ६ महिना अगाडि मात्रै सम्पन्न स्थानिय तह निर्वाचनमा एकै मतपत्रमा ७ छाप लगाएको हुनाले सोही अनुसार यस पटक पनि लहरै छाप हानेको हुनसक्ने उनले बताए । मतदातालाई नझुक्किइ एउटा मतपत्रमा एउटामात्र छाप लगाउन रिजालले अनुरोध गरे ।
‘प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक गरि ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्छ ।’ रिजालले भने एउटा मतपत्रमा एउटा मात्रै छाप लगाएमा मात्रै सो मत गणना हुन्छ , नत्र बदर हुन्छ ।’ एकै मतपत्रमा एक भन्दा धेरै चिन्हमा छाप लगाएमा, तोकीएको कोष्ठक भन्दा बाहिर छाप लगाएमा, मसि लतपत हुनेगरी छाप लगाएमा, आयोगले तोकेको स्वस्तिक छाप र मसि बाहेकको रंगको छाप लगाएमा पनि मतपत्र बदर हुने उनले बताए ।
आजको नमुना मतदानमा प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ ८५ मत खसेकोमा ७८ सदर ७ बदर, प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ कुल ८५ मा ८० सदर ५ बदर र प्रदेश सभा सदस्य समानुपातिक तर्फ कुल ८५ मा ७६ सदर ९ बदर भएको छ । बदर भएका मतबाट सिकाइ गरि आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रममा यसलाई बिशेष महत्त्वका साथ मतदाता शिक्षा प्रदान गरिने रिजालले बताए ।
जिल्ला निर्वाचन अधिकारी सिन्धुपाल्चोकको आयोजनामा सिन्धुपाल्चोकमा नमुना मतदान भएको हो । मंसिर १ गतेभित्र जिल्लाका १२ वटै स्थानीय तहमा कम्तिमा १ पटम नमुना मतदान हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।