स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ को सम्पूर्ण मतगणना नसकिदैं गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोधको जीत सुनिश्चित भएको छ ।
प्रतिनिधि सभा १ तर्फको चौतारा साँगाचोकगढी नगरपालिका १०, जल्कीने—कार्कीटार—सुकुटेको मतगणना नहुँदै सुबोधको जित सुनिश्चित भएको हो ।
कदमबासको मत गन्न बाँकी नै रहँदा माधब सापकोटा सुवोध ३ हजार ३३४ मतले अगाडी रहेका छन् । ६७ हजार ९८३ गन्दा सापकोटाले २९ हजार ७०३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरेश नेपालले २६ हजार ३६९ मत प्राप्त गरेका छन् । गन्न बाँकी रहेको चौतारा साँगाचोकगढी १० मा १ हजार ५८२ मत रहेकाे छ । यो मत सबै एमालेकै पक्षमा रहे पनि सुबोधले जित्ने निश्चित भएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८