स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुलाई निर्वाचन आयोगगको प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको प्रांगणमा एक कार्यक्रम आयोजना गरी आइतबार उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो ।
कार्यक्रममा क्षेत्र नं.१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा (सुबोध), २ बाट निर्वाचित मोहनबहादुर बस्नेत, १ को (क) बाट निर्वाचित मसिना खड्का, (क) बाट निर्वाचित सरलसहयात्री पौडेल, १ को (क) बाट निर्वाचित युवराज दुलाल (शरद्) र (ख) बाट निर्वाचित कृष्णकुमार तामाङ (समिर) सहभागी थिए । क्षेत्र नं. १ बाट निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदी र २ बाट निर्वाचित सांसदहरुलाई मुख्य निर्वाचन अधिकृत विदुर कोइरालाले प्रमाणपत्र वितरण गरेका थिए । मंसिर ४ गते आमनिर्वाचन सम्पन्न भएको थियो ।
मंसिर ९ गते प्रत्यक्षतर्फको मतगणना सकिएको थियो । शनिबार समानतुपातिकतर्फको मतगणना सकिएपछि अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गरेको हो । क्षेत्र नं. १ मा गठबन्धनका साझा उम्मेदवार माओवादीका सापकोटाले एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले पराजित गरे । सापकोटाले ३० हजार ३ सय ७४ मत ल्याए ।
उनका निकटतम् प्रतिस्पर्धी नेपालले २७ हजार २० मत मात्र पाए । १ को (क) प्रदेशमा कांग्रेसकी खड्काले एमालेका युद्धविक्रम तामाङलाई पराजित गरेकी हुन् । खड्काले तामाङ १ हजार ६२ मतान्तरले हराइन् । खड्काले १४ हजार ६ सय ५२ मत पाउँदा तामाङले १३ हजार ४ सय ९० मत मात्रै ल्याए । (ख) प्रदेशमा माओवादीका पौडेल एमाले उम्मेदवार होमनारायण श्रेष्ठलाई पराजित गर्न सफल भए । ४ हजार २ सय ४३ मतान्तरसहित पौडेलले १७ हजार २ सय ५६ मत ल्याए । उनका निकतटम प्रतिस्पर्धी श्रेष्ठले १३ हजार १३ मत मात्र पाए ।
क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवार बस्नेतले एमालेका शेरबहादुर तामाङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी तामाङले २७ हजार ४ सय ९३ मत मात्र पाए । बस्नेतले तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पराजित गरे । २ को (क) प्रदेशबाट माओवादीका दुलालले दोस्रो पटक जित निकालेका हुन् । उनले एमाले उम्मेदवार अमानसिं तामाङलाई पराजित गरे ।
दुलालले २० हजार २ सय ६ मत ल्याए । तामाङले १२ हजार १ सय ३९ मत मात्र पाए । दुलालले निकटतम प्रतिस्पर्धीको भन्दा ८ हजार ८ सय ३३ मत बढी ल्याए । (ख) मा एमालेका उम्मेदवार हस्तबहादुर पण्डितलाई पराजित गर्दै कांग्रेसका २९ वर्षीय तामाङ निर्वाचित भएका हुन् । तामाङले पण्डितलाई १ हजार ५ सय ५ मतान्तरले हराए । तामाङले १७ हजार ७ सय ५८ मत ल्याए । पण्डितले १६ हजार २ सय ५३ मत मात्र पाए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।