स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बलेफी गाउँपालिकाको अध्यक्ष गंगा बहादुर तामाङले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारको परिधी भन्दा बाहिर गई कामकाज गरेको आरोप लगाउदैं गाउँपालिका उपाध्यक्ष सरु तामाङ सहितको बहुमत सदस्यले विशेष गाउँसभाको माग गरेका छन् ।
अध्यक्ष तामाङले आफु र आफु सम्बद्ध दल प्रति लक्षित रहि जनप्रतिनिधिको मुल्य र मान्यतालाई बिर्सेर विधि र विधान लत्याएको आरोप उनिहरुले लगाएका छन् । अध्यक्षले कानुनी शासनको धज्जी उडाइ गाउँ कार्यपालिकाबाट सम्पादन गरेको कार्यहरु आफुहरुलाइ स्विकार्य नभएको उनिहरुले पेश गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
सउनिहरुले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद ४ दफा १५ उपदफा ३ बमोजिम विशेष गाउ सभा तत्काल बोलाउन माग गरेका छन् ।
गाउँ कार्यापालिकाले निर्माण गरेको आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन कार्यविधि २०७४ को विषयमा आफुहरुको फरक मत रहेको उनिहरुले बताएका छन् । आ.व. २०७९/८० को स्रोत सुनिश्चित नभई विनियोजित बजेट कार्यान्वयन गरिएको सम्वन्धमा, प्रकाशित भइसकेको र हुन बाकी स्थानीय राजपत्र सम्बन्धमा तथा करार कर्मचारी व्यवस्थापन सम्बन्धमा समेत छलफल गर्नको लागि विशेष गाउँसभा बोलाउनुपर्ने उनिहरुको माग छ । गाउँ कार्यपालिका, गाउँसभा, पालिका अध्यक्ष, पालिका उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्य सहित कार्यकारी प्रमुख र शाखागत प्रमुखहरुको अधिकार, दायित्व र कर्तव्यको विषयमा पनि छलफल गर्नुपर्ने विषय सो पत्रमा उल्लेख छ ।
१०+२ सम्मको निशुल्क शिक्षा अनिवार्य गर्नुपर्ने, स्थानीय कर्मचारी र जनप्रतिनिधिको बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा मात्रै पठनपाठन गर्ने समेत उनिहरुले मागल राखेका छन् । गाउँपालिका उपाध्यक्ष सरु लामा (तामाङ) सहित ७ जना वडाध्यक्ष र २९ जना गाउँ सभा सदस्यले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।