स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सरकारले सामाजिक सुरक्षा बैंक मार्फत वितरण गर्ने निर्णय गरेसँगै घरमै आइपुग्ने भत्ता लिन बैकसम्म धाउनुपर्ने बाध्यता चौतारा साँगाचोकगढी नगरपालिका १० ले चिरेको छ । वडा कार्यालयले लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता सहित न्यानो कपडा समेत वितरण गरेको हो ।
सो वडामा ३ सय ३४ जना सामाजिक सुरक्षा भत्ता लाभग्राही रहेको वडाध्यक्ष निरबहादुर तामाङले बताए । सिन्धु विकास बैंकका कर्मचारी र सुरक्षाकर्मी सहित घरदैलोमा आएर स्वास्थ्य परिक्षण सहित भत्ता प्राप्त गरेका लाभग्राहीहरुले वडालाइ धन्यवाद दिए ।
वडा कार्यालयबाट विनियोजन २ लाख रुपैयाँमा आफ्नो तलबभत्ताको २ लाख थप गरेर वडाध्यक्ष तामाङले सबै लाभग्राहीलाइ न्यानो कपडा समेत प्रदान गरेका हुन् । सो कार्यको प्रारम्भ भने सिन्धुपाल्चोक प्रतिनिधिसभा २ का साँसद मोहनबहादुर बस्नेतले गरेका हुन् ।
भत्ता तथा न्यानो कपडा वितरण गर्दै साँसद बस्नेतले वडाध्यक्षले आफुले चुनावमा गरेको वाचा पूरा गरेको र अरु स्थानिय तहले पनि यसबाट पाठ सिकेर सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्नुपर्ने बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८