स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बागमती प्रदेशको सबै माध्यामिक विद्यालयहरूमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताएका छन् । भौतिक मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला सिन्धुपाल्चोक आएका मन्त्री दुलालले सो कुरा बताएका हुन् ।
आइतबार चौतारा साँगाचोकगढी नगरपालिका १४, डडुवाको श्री डडुवा भवानी शंकर माध्यामिक विद्यालयको ६२ औं वार्षिकोत्सवका आएका मन्त्री दुलालले देशलाई सीपयुक्त दक्ष जनशक्ति आवश्यक भएकोले त्यसको लागि विद्यार्थीको स्वास्थ्यको समेत ख्याल राख्दै आफू सामाजिक विकास मन्त्री हुँदा यस कार्यक्रम सुरुआत गरिएको र यसले आगामी आर्थिक वर्षको प्रादेशिक निती तथा कार्यक्रममा उल्लेख गरी प्रत्येक माध्यामिक विद्यालयमा नर्स व्यवस्थापन गर्ने तयारी रहेको बताएका हुन् ।
मन्त्री दुलालले निर्वाचन अगाडि गरेका सम्पूर्ण वाचा तथा प्रतिवद्धता आफ्नो स्मरणमा ताजै रहेको र जनताले जुन कामका लागि निर्वाचित गरेका हुन्, त्यो काम पुरा गर्ने समेत बताए । पहुँचको आधारमा नभइ आवश्यकताको आधारमा दिगो र गुणस्तरीय विकास गर्ने सङ्कल्प आफूले लिएको र सोही अनुसार अगाडि बढ्ने उनले बताए ।
सो अवसरमा विद्यालयले मन्त्री दुलाललाई सफल कार्यकालको शुभकामना सहित सम्मान समेत गरेको थियो । देशको लागि केही गर्नुपर्छ भन्ने भावना भएको दक्ष र सीपयुक्त जनशक्ति विद्यालयले तयार गर्नुपर्ने र त्यसको लागि शिक्षक, अभिभावक, विद्यालय, विद्यार्थी र पाठ्यपुस्तक समेत गुणस्तरीय हुनुपर्ने भएकोले विद्यालयको माग अनुसारको भौतिक पूर्वाधार, बस, खेलमैदान, नर्स लगायतको व्यवस्था गर्ने गरी निती निर्माण गर्ने उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।