स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ३, सुकुम्बासी बिक टोलमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भएर आगलागी हुँदा शुक्रबार सुकुमान बिकको घर जलेर नष्ट भएको र अर्को एक घरमा क्षति पुगेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिए । ‘करेन्ट सर्ट हुँदा आगलागी भएको हो, एउटा घर जलेर नष्ट भएको छ भने अर्कोमा सामान्य क्षति पुगेको छ,’ उनले भने– ‘घरमा रहेका खाद्यान्न र लत्ताकपडा, भाँडाकुडा जलेका छन् ।’
प्रहरीको अनुसार घटना लगत्तै सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाइएको थियो । घर र जायजेथा जलेपछि पीडित सुकुमान बिक र वीरबहादुर बिकले दैनिक गुजारामा नै समस्या पर्ने भन्दै क्षतिपूर्तिको माग गरेका छन् । ‘अब कहाँ जाउँ, सर्वस्व आगोले सिध्यायो,’ सुकमान बिकले भने ।
सुकुम्बासी बस्तीमा १० परिवार बस्दै आएका थिए । उनीहरुलाई बाह्रबिसे नगरको समन्वयमा गैरसरकारी संस्थाले घर बनाइदिएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८