स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गत फागुन १३ गते विहान १सय ११ जना किशोरी र १७ जना अन्य व्यक्तिहरु सहितको ठुलो टोलि जुगल गाउँपालिका ५, चनौटेबाट जुगल हिमाल तर्फ प्रस्थान गरे । सो दिन जुगल ३ को क्याङ्सिङमा बास बसेको टोलि तेम्बाथान हुँदै जुगल हिमालको आभार शिविर नेेपेमासालमा पुगेर पाचौं दिन पुनः चनौटेमै फर्किएको छ ।
उनिहरुले सो क्रममा हिमाली गाइडले बहन गर्नुपर्ने विभिन्न जिम्मेवारीको व्यवहारीक सीप सिकेका छन् । बाटो पत्तो लगाउने तरीका, बासक लागि टेन्ट हाल्ने तरिका, बासस्थान छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु, बिरामी परेमा गरिने प्राथमिक उपचार विधि लगाएतको विषयमा सीप सिक्नुका साथै पहिलोपटक सुन्दर प्राकृतिक स्थान नेपेमासाल पुग्दा फुरुङ्ग भए ।
यो यात्राको तारतम्य विश्व समावेशी साहसी संस्था , काठमाडौंले मिलाएको हो । संस्थाले सञ्चालन गरिरहेको फिमेल लिडरसिप एकेडेमी ट्रेनिङका प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिनको लागि सो यात्रा गराएको संस्थाकी अध्यक्ष माया गुरुङले बताइन् ।
संस्थाले सिन्धुपाल्चोकको ५ वटा विद्यालयमा सञ्चालन गरिरहेको २ बर्षे महिला नेतृत्व विकास तालिमको तालिम ५ महिना पूरा भएको छ । तालिममा अंग्रेजी भाषा र कम्प्युटर शिक्षामा विशेष प्रशिक्षण दिइरहेको छ भने उनिहरुलाइ माउन्टेन गाइड बनाउने लक्ष्य संस्थाको रहेको छ । सोही तालिम अन्तर्गतकै एउटा भागको रुपमा उनिहरुलाई नेपेमासालसम्म लगिएको हो ।
प्रत्येक विद्यालयमा ३०देखि ४० जना किशोरी सहभागी छन् । हिमालि पर्यटनको उच्च संभावना रहेको नेपालमा महिला ट्रेकिङ गाइडको संख्या एकदमै कम भएकोले उनिहरुलाइ यो तालिम दिइएको संस्थाकि अध्यक्ष माया गुरुङले बताइन् । महिलाहरु बेरोजगार रहेको तर मुलुकमा महिला गाइडको संख्या न्यून भएकोले महिलाहरुको आयआर्जनमा समेत सहयोग पुर्याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताइन् ।
तालिममा सहभागीलाई जुगल हिमाल समेत आरोहण गराएर अनुमतिपत्र प्राप्त माउन्टेन गाइड बनाउने लक्ष्यका साथ तालिम सञ्चालन भइरहेको हो ।
संस्थाले तालिम सञ्चालन गरिरहेको श्री कृष्ण रत्नगंगा मावि चौतारा, श्री रत्नराज्य मावि जुगल, श्री क्षेत्र पालेश्वरी मावि पाँचपोखरी थाङ्पाल, ईन्द्रेश्वरी मावि मेलम्ची र जालपा देवि मावि बाहुनेपाटीमा गरि करिब २ सय जना किशोरी सहभागी रहेको कार्यक्रम संयोजक गौरी मालाकारले बताइन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।