स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा फागुन २७ गते शनिबारबाट सुरु भएको पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको दोश्रो दिन ह्योल्मो ११ र पाँचपोखरी क्रिकेट क्लवले जित हासिल गरेका छन् ।
काठमाण्डौको मूलपानी अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालामा संचालित प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा टस जितेर बलिङ गरेको हेल्मो ११ ले क्रिकेट क्लब बाह्बिसे लाई ८ विकेटले पराजित गरेको हो । निर्धारीत २० ओभरमा बाह्विसेले दिएको ७२ रनको विजयी लक्ष्य उसले २ विकेटको क्षतिमा पुरा ग¥यो । खेलको म्यान अफ दि म्याच हेल्मो ११ का फुर्वा शेर्पा घोषित भए उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ५ विकेट लिएका थिए ।
यस्तै आजनै भएको दोश्रो खेलमा चौतारा सांगाचोकगढीलाई ५० रनले पराजित गर्दै पाँचपोखरी क्रिकेट क्लब विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको उसले निर्धारीत ९ विकेटको क्षतिमा १४२ रनको चुनौतिपुर्ण लक्ष्य खडा गरेको थियो । १४३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको चौतारा साँगाचोकगढी ९२ रनमा समेटिएको थियो । खेलको म्यान अफ दी म्याच पाँचपोखरी क्रिकेट क्लबका क्यापटेन सार्थक धिताल घोषित भए उनले १४ बलमा दुई छक्का र चार चौकाको मद्धतमा ३० रन बनाउनुका साथै दुई महत्वपुर्ण विकेट लिएका थिए ।
चैत ३ गते सम्म संचालन हुने प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेकोछ । प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।