स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकि केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सोविता गौतमले आफुहरु परिवर्तनको महत्त्वपूर्ण र सुन्दर यात्रामा हिडिरहेको बताएकी छिन् । शनिबार पार्टीको बाह्रबिसे नगरपालिका भेलालाई सम्बोधन गर्दै साँदस गौतमले छोटो यात्राका विचमा पनि पार्टीले प्राप्त गरेको सफलताले आफुहरुलाई निकै उर्जा दिएको बताइन् ।
गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी एउटा राजनितीक दल मात्रै नभएर एउटा विचार र समाज परिवर्तनको सकारात्मक युद्ध समेत भएको उनले बताइन् । रास्वपाले केही सिट सुरक्षित गरसँगै अहिलेको राजनीतिक परिवेशमा सत्तापक्ष हुने वा प्रतिपक्ष हुने छलफल गर्दा रास्वपा कसैप्रति नजिक वा टाढा नभइ सबेै दलसँग समदुरी कायम गरिअगाडि बढ्ने र पार्टीको भिजन र योजनाप्रति कटिबद्ध भइ संसदमा संसदीय गरिमा कायम राख्ने निर्णय बमोजिम अगाडि बढीएकोले पार्टीका कुनै पनि सदस्यले पार्टी निर्णयका कारण शिर झुकाउने अवस्था नआउने उनले बताइन् ।
‘अघिल्लो चुनावमा छोटो अवधिमा प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै आगामी दिनमा यसलाई झन् मजबुत बनाउनेछौं ।’ केन्द्रीय सदस्य गौतमले भनिन् -‘पार्टी निर्माणमा आफू जुन स्थानमा छौँ, त्यहाँबाट आफ्नो भुमिका ईमानदारीपुर्वक निर्वाह गरी हामी सबै परिवर्तनको सुन्दर वृक्ष रोपेर यसलाई हुर्काउने अभियानमा छौं ।’
पृथ्वीनारायण शाहले नेपालको भुगोलको एकीकरण गरेजस्तो रास्वपाले आम नेपालीको भावनाको एकीकरण गर्ने उनले बताइन् । सत्यको मार्ग नछाडी सद्भाव सहकार्य र सम्मानका साथ अगाडि बढ्ने उनले बताइन् ।
भेलामा रास्वपा केन्द्रीय सदस्य मेघ आले, केन्द्रीय उत्पादन तथा प्रवर्द्धन विभाग संयोजक रामकृष्ण भट्टराई, बागमती प्रदेश अध्यक्ष डा.अच्युतम लामिछाने, केन्द्रीय संगठन विभाग सचिव शंकर श्रेष्ठ, जिल्ला संयोजक माया गुरुङ लगाएतले सम्बोधन गरेका थिए ।
भेलाले सानुमाया श्रेष्ठको अध्यक्षतामा बाह्रबिसे नगर कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमशः साङ्बो तामाङ , पासतेम्बा शेर्पा र सुजल श्रेष्ठले चयन भएका छन् भने सदस्यहरुमा नारायण बहादुर प्रधान, सम्देन शेर्पा , सन्तोष श्रेष्ठ , गणेशबहादुर श्रेष्ठ , केशव भण्डारी र बुद्धिबहादुर शेर्पा चयन भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।