स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले पालिकाभरका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरणको सुरुवात गरेको छ भने स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर समेत हस्तान्तरण गरेको छ । गाउँपालिकाले सुनकोशी–५ सुनखानीबाट सुगर, प्रेसर,दम र मानसिक रोगीहरुका लागि गाउँपालिकाले निःशुल्क औषधी दिन सुरुवात गरेको हो ।
दिर्घरोगीहरुले नियमित सेवन गर्दे आएको औषधी निशुल्क प्रदान गर्दे गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले अभियानको सुरुवात गरिएको हो ।
गाउँपालिकाले औषधी वितरण सँगै एक दिनको वृहत्त स्वास्थ्य शिवीर समेत आयोजना गरेको छ । काठमाडौको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेको ग्रामीण समुदायलाई लक्षीत गरेर वडा कार्यालयको भवनमा शिवीर आयोजना गरिएको थियो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दिर्घरोगीहरुलाई वडामा निवेदन दिन आग्रह गरिएको थियो । त्यही निवेदनका आधारमा गाउँपालिकाभरका ४ सय बढीलाई अब पालिकाले निःशुल्क औषधी उपलब्ध गराउने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले बताए । न्युनतम एक हजार देखि बढीमा २० हजार रुपियाँ सम्मको मासिक औषधी सेवन गर्ने बिरामीहरु गाउँपालिका भित्र रहेको र अन्य दिर्घरोगीहरुले पछि पनि निवेदन दिएकाले त्यसको निर्णय पछि औषधी उपलब्ध गराउने उनले बताए ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा नै दिर्घरोगीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउने नीति पास गरेको थियो । पालिकाले घर आँगनामा नै आफुहरुले सेवन गरिरहेको औषधी उपलब्धता गराउदा खुसी लागेको सुनकोशी–५ का स्थानीय लालबहादुर थामी र स्वस्थनी थापा कार्कीले बताए । बृहत स्वास्थ्य शिविरमा स्त्री रोगको विशेषज्ञ सेवा, नाक, कान, घाटीको विशेषज्ञ सेवा लगायत प्रेसर, सुगर, दम र सामान्य चिकित्सक सेवा संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले बताए । शिविरबाट एक दिनमा २सय५२ जनाले सेवा लिएको उनले बताए। जसमध्ये स्त्री रोग सम्बन्धी ५० जना, नाक, कान घाटी सम्बन्धी ५१ र सुगर, प्रेसर, दम र सामान्य चिकित्सामा १५१ जनाले सेवा लिएका थिए । स्त्री रोग तर्फ २ जना संकास्पद पाठेघर मुखको क्यान्सर पत्ता लागे भने १७ जना मलिाको आङ खस्ने समस्या भइ रिङ्ग प्रेसरी राखी उपचार गरिएको छ । गाउँपालिकाले ग्रामीण महिला अल्ट्रासाउण्ड(भिडीयो एक्सरे) सेवा समेत सुरुवात गरेको छ । पहिलो दिन ५ जना गर्भवती महिलाहरुले भिडियो एक्सरे को सेवा लिएका छन् ।
शिविरको अवसरमा गाउँपालिकाल स्थानीय देविस्थान स्वास्थ्य चौकीलार्ई अक्सिजन कन्सनट्रेटर, कम्प्युटर सेट, अटोक्लेभ लगायत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।