स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक स्थायी ठेगाना भई विभिन्न पेशा, व्यवसाय तथा रोजगारीका लागि विदेशिएकाहरुलाई एकजुट बनाउनका लागि सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज गठन गरिएको छ । विश्वभर छरिएर रहेका सिन्धुपाल्चोकबासीहरूलाइ संगठित गरि मुनाफारहित जनहितकारी कार्य गर्नका लागि समाज स्थापना गरिएको हो ।
‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेले बताए । समाजले नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम समेत सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट ६ बैशाख बुधवार आयोजना गरिएको थियो ।
संस्था दर्ता पूर्वनै बिभिन्न देशमा रहेका सिन्धुपाल्चोकबासीले गरेका सहयोग अभियानहरु र संस्था गठनकाबारे अध्यक्ष न्यौपानेले प्रष्ट्याएका थिए । सलाईका काँटीले डँडेलो सल्काए जस्तै समाजले साना साना कामबाट सकारात्मक कर्म गर्न सक्ने हुनाले समाजले यसलाई पुष्टि गर्न सक्ने अपेक्षा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले राखे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिनाले समाजसँग हातेमालो गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा लागी रहने बताए ।
सुनकोशी गाउपालिका प्रमुख टपेन्द्र तिमल्सिनाले स्थानीय निकायले जनचाहना अनुरूप काम गर्न राजनैतिक पार्टीहरू सङ्लिएर एक हुनु पर्ने बताउँदै हरेक कुरामा राजनीति नगर्न सुझाब दिदै समाजसँग मिलेर विदेशबाट फर्किएकालाई पुर्नस्थापनाको लागी काम गर्ने बताए । त्यसै गरी वैदेशिक रोजगार बोर्ड सचिवालयका पूर्व कार्यकारी निर्देशक राजन श्रेष्ठले सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले विदेश जानु पूर्व, विदेशमा रहदाँ र विदेशबाट फर्किए पछिको तीनवटै चरणमा सुरक्षित रहनका लागी सचेतनाका कार्यक्रम ल्याउनु पर्ने बताए ।
नेपाल सरकारको तथ्यांकले सिन्धुपाल्चोक जिल्ला सबै भन्दा बढि महिला कामदार बाहिरिने जिल्ला बनेको बताउने हुनाले सम्बन्धित स्थानीय निकायले उनीहरूलाई कसरी सुरक्षित रुपमा वैदेशिक रोजगारमा पठाउने बारे काम गर्नु पर्ने श्रेष्ठले बताए । उनले विगत १० वर्षको तथ्यांक अनुसार करिव ३६ लाख नेपाली विदेशिएका, करिब १० हजारको विदेशमै मृत्यु भएको, धेरैको अंगभंग भएको बताए ।वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सले मुलुक चलेको बताउँदै सीप सिकेर विदेश गए अझ आम्दानी हुने तिर जोड दिए ।
भित्तेपात्रो विमोचन कार्यक्रममका प्रमुख अतिथिको बाग्मती प्रदेश सभा सदस्य सरल सहयात्रीले राहत भन्दा पनि दिर्घकालिन काम गर्न सुझाब दिए । उनले केही ब्यक्तिले काठमाण्डौंबाट पजेरो चढेर २ बोरा चामल राहत लिएको उदाहरण दिदै भने राहत भन्दा सचेतना बाढ्न अनुरोध गरे । उनले सिन्धुपाल्चोकका १२ वटै स्थानीय निकायका प्रतिनिधि र निर्वाचत सभासदहरुलाई एकै स्थानमा राखी सिन्धु बिकासका लागी छलफल गराउन समाजलाई सचेत गराए । उनले सिन्धुपाल्चोकबाट कर्णाली पुगेर वा विदेश पुगेर काम गर्नु एकै भएकोले विदेश जानु अपराध होइन तर हामी मिलेर त्यसलाइ ब्यबस्थित र सुरक्षीत बनाउनु पर्ने तर्फ सोच्नु पर्ने बताए । साथै नेपालका हरेक स्थानीय निकायले आफ्नो ठाउँबाट को कति विदेश गए डाटा राख्नु पर्ने र गाँउ स्तरमै सुरक्षीत रोजगारीको ग्यारेन्टीका लागी श्रमबैंक स्थापना गर्नु पर्ने बताए ।
समाजका अध्यक्ष न्यौपानेले सिन्धु बिकासका लागी सबैलाइ हातेमालो गर्न र देश–विदेशबाट सिन्धुपाल्चोक वासीलाइ समाजमा जोडिन आग्रह गरे ।
समाजका उपाध्यक्षमा माधव पौडेल (कुवेत) र मनोज नेपाल (यूएई), महिला उपाध्यक्ष निर्मला गोले (यूएई)– महासचिव उत्सब खड्का (दक्षिण कोरिया,हाल नेपाल), सचिव हरि दुलाल (यूएई, हाल नेपाल), कोषाध्यक्ष बिमल गिरी (कतार,हाल नेपाल) सह कोषाध्यक्ष सन्जय तामाङ पाख्रिङ (कतार), खेलकुद संयोजक प्रेम बहादुर भण्डारी (नेपाल), कलाकार संयोजक उमा श्रेष्ठ (नेपाल ) रहेका छन् भने सदस्यहरुमा प्रदिप कार्की (कुवेत), राज कुमार भारति (कतार), डेन्डुप शेर्पा (कतार), सुवास श्रेष्ठ (कुवेत), आङ नोर्वु शेर्पा(कुवेत), दिपक राउत (यूएई), सरोज न्यौपाने(यूएई), नविन श्रेष्ठ (दक्षिण कोरिया), नारायण नेपाल (दक्षिण कोरिया), सन्जिव भण्डारी (दक्षिण कोरिया), मदन खड्का (दक्षिण कोरिया), हरेराम घिमीरे (नेपाल) , किर्ती माया तामाङ (कुवेत,हाल नेपाल), सरोज लामीछाने (नेपाल) रहेका छन् ।
त्यस्तै वैदेशिक विभाग अन्तर्गत शमशेर योन्जन (अमेरिका),राजन नेपाल (अष्ट्रेलिया), यादव तिमल्सिना (पोल्यान्ड), प्रमोद पराजुली (जापान), मोहन कार्की (क्यानडा), दिलिव.प राय (मलेशिया) संयोजक र सरू खड्का(जापान) सह-संयोजक रहेको अध्यक्ष न्यौपानेले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।