स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गर्भावस्था र सुत्केरी अवस्थामा लोकल कुखुराको भाले तथा पोषीलो गेडागुडी सहित वडाध्यक्ष भेट्न आएपछि सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं ८ का आमाहरू खुसिले दंग छन् ।
नेपाल सरकारले तोकेअनुसार गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य केन्द्रमा नै सुत्केरी हुने आमाहरू भेट्न वडाध्यक्ष रमेश श्रेष्ठ घरमै पुग्ने गरेका हुन् । वडा कार्यालयको पोषीलो सामग्री सहित आमा भेटघाट कार्यक्रम अन्तर्गत वडाध्यक्ष श्रेष्ठ घरघरमा पुग्ने गरेका हुन् ।
‘हामीले चालू आर्थिक वर्षमा नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्यलाई ध्यानमा राखेर उहाँहरूलाई पोषीलो सामग्री उपलब्ध गराउन १ लाख रुपैयाँ विनियोजन गरेका थियौँ ‘ वडाध्यक्ष श्रेष्ठले भने-‘सोही कार्यक्रम अन्तर्गत यस बर्ष ७ जना आमाहरूलाई प्रत्येकलाई ५ हजार रुपैयाँ बराबरको पोषीलो सामग्री वितरण गरिसकेका छौं ।’ यो कार्यक्रमलाई अझै निरन्तरता दिने उनले बताए ।
कार्यक्रम अन्तर्गत आमाहरुलाई लोकल कुखुराको भाले सहित चना, केराउ, सरसफाइ सामग्री साबुन, वेवी कीट वितरण गर्ने गरिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८