स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
देशभरको गाउँपालिकाको साझा संगठन गाउँपालिका राष्ट्रिय महासंघको सल्लाहकार समितिको प्रमुखमा सिन्धुपाल्चोकका होमनारायण श्रेष्ठ मनोनित भएका छन् । सोही सल्लाहकार समितिको सदस्यमा पनि सिन्धुपाल्चोककै बंशलाल तामाङ मनोनीत भएका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन अध्यक्ष होमनारायण महासंघको निवर्तमान अध्यक्ष हुन् भने इन्द्रावती गाउँपालिकाका तत्कालीन अध्यक्ष बंशलाल महासंघको निवर्तमान महासचिव हुन् । नेकपा एमालेका श्रेष्ठ र नेपाली काँग्रेसका तामाङ दुवै जना महासंघको प्रथम अध्यक्ष र महासचिव हुन्।
गाउँपालिका राष्ट्रिय महासघं नेपालको तेस्रो पुण बैठकबाट उनिहरुलाई महासघंको केन्द्रिय सल्लाहकार समितिमा मनोनित भएका हुन् । महासंघको रिक्त रहेको पदमा उनिहरुलाई मनोनीत गरिएको महासंघका महासचिव खिब बहादुर थापाले बताए ।
उनिहरु दुवैजना स्रो स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार नै नभएपछि नयाँ टिमलाई महासंघको जिम्मेवारी हस्तान्तरण गरि विदा भएका थिए ।
उनिहरुसँगै सल्लाहकार समिति सदस्यमा मेनुका काफ्ले, लेखनाथ पोख्रेल र जनक गिरी समेत मनोनयन भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८