स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कमसल रिटेनिङ वाल लगाएको विरोधमा हाइटेन्सन तारको पोलमा चढे युवा
सडक निर्माणका क्रममा लगाइएको रिटेनिङ वाल गुणस्तरहिन भएको र सो काम रोक्नुपर्ने भन्दै एक युवा १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाईनको पोलमा चढेका छन् । मोरङको बुढीगंगा गाउँपालिकाका वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् ।
बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ । उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका छन् । गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिएका छन् ।
बुढीगंगा ७ का वडाध्यक्ष पंकज चौधरीले ती युवालाई उतार्न प्रयास भइरहेको बताए । बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा रिटेनिङ वाल निर्माणको काम गुणस्तरहीन भएको ती युवाको आरोप छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८